राष्ट्रियसभामा अर्थमन्त्री खतिवडा नै दोहोरिने बलियो सम्भावना « Khabarhub

राष्ट्रियसभामा अर्थमन्त्री खतिवडा नै दोहोरिने बलियो सम्भावना


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडा नै दोहोरिने सम्भावना बलियो भएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वार बनाउने निर्णय गरेसँगै खतिवडा राष्ट्रियसभा मनोनित हुने  सम्भावना बढेको हो ।

यसअघि गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई मनोनीत कोटामा राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त निर्णय कार्यान्वयन गरेका थिएनन् ।

नेपालको संविधानअनुसार सांसद नरहेको व्यक्ति ६ महिनाका लागि मन्त्री हुन पाउने व्यवस्था छ ।

मन्त्री भएको ६ महिनाभित्र सांसद भएमा उक्त पदले निरन्तरता पाउने प्रावधानका कारण खतिवडाको राष्ट्रियसभा सदस्य गत फागुनमै सकिए पनि मन्त्रीको रुपमा कार्यरत छन् ।

अब प्रधानमन्त्री ओलीले उनैलाई राष्ट्रियसभामा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ९ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै