राष्ट्रियसभामा अर्थमन्त्री खतिवडा नै दोहोरिने बलियो सम्भावना « Khabarhub

राष्ट्रियसभामा अर्थमन्त्री खतिवडा नै दोहोरिने बलियो सम्भावना


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडा नै दोहोरिने सम्भावना बलियो भएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वार बनाउने निर्णय गरेसँगै खतिवडा राष्ट्रियसभा मनोनित हुने  सम्भावना बढेको हो ।

यसअघि गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई मनोनीत कोटामा राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त निर्णय कार्यान्वयन गरेका थिएनन् ।

नेपालको संविधानअनुसार सांसद नरहेको व्यक्ति ६ महिनाका लागि मन्त्री हुन पाउने व्यवस्था छ ।

मन्त्री भएको ६ महिनाभित्र सांसद भएमा उक्त पदले निरन्तरता पाउने प्रावधानका कारण खतिवडाको राष्ट्रियसभा सदस्य गत फागुनमै सकिए पनि मन्त्रीको रुपमा कार्यरत छन् ।

अब प्रधानमन्त्री ओलीले उनैलाई राष्ट्रियसभामा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ९ : १६ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका