जर्मन फुटबलका १० जनामा कोरोना संक्रमण « Khabarhub

जर्मन फुटबलका १० जनामा कोरोना संक्रमण


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनको शीर्ष दुई डिभिजनका १० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

सोमबार १७ सय २४ जनामा कोरोना भाइरसको जाँच गरिएकोमा १० जनामा पुष्टि भएको जर्मन फुटबल लिग (डिएफएल) ले जनाएको छ ।

जर्मनका क्लबहरु सामुहिक अभ्यासको तयारी जानु अगाडि गरिएको कोरोना परिक्षणमा क्लबका स्टाफ र खेलाडीगरि १० जनामा संक्रमण देखिएको जनाइएको छ ।

‘कोरोनाको संक्रमण देखिएका व्यक्तिहरुलाई आइसोलेसनमा राहिएको छ’ डिएपएलले विज्ञप्तिमा भनेको छ । यहिँ हप्ता शीर्ष डिभिजन क्लब कोलोनका ३ जना खेलाडीमा कोरोना संक्रमण देखिएको थियो ।

उनीहरु तीनै जनालाई कोरोनाको लक्ष्यण देखिएको छैन तर पनि १४ दिनको क्वारेन्टाइनमा खेलाडीलाई राहिएको कोलोनले बताएको छ ।

जर्मन बुन्डेसलिगा कोरोना पछि प्रतिस्पर्धा गराउने पहिलो युरोपको लिग हुने लगभग पक्का छ । उसले मे ९ देखि सुरु गर्ने तयारी गरेपनि सरकारले मे १६ अथवा २३ देखि सुरु गर्न निर्देशन दिएपछि केहि ढिला भएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ११ : ०५ बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई