डेङ्गुका बिरामी भेटिएपछि लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान « Khabarhub

डेङ्गुका बिरामी भेटिएपछि लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- हिमाली जिल्ला म्याग्दीमा डेङ्गुका बिरामी भेटिने क्रम बढेपछि सो रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान शुरु भएको छ । बेनी नगरपालिकाले लामखुट्टेको बासस्थान हुने पानी जमेका टायर, झाडी, खाल्डाखुल्डी नष्ट गर्न शुरु गरेको हो ।

डेङ्गुको जोखिम बढेपछि बेनी बजारका विभिन्न ठाउँमा लामखुट्टेको बासस्थान नष्ट गर्नुका साथै सो रोगबाट बच्ने उपायका बारेमा जनचेतनामूलक कार्यक्रम शुरु गरिएको बेनी नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए ।

पछिल्लो छ दिनयता ग्रामीण क्षेत्रबाट आएका तीन बिरामीमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु भेटिएको अस्पतालका मेडिकल को–अर्डिनेटर डा नवराज बस्ताकोटीले बताए ।

वैशाख १८ गते बेनी नगरपालिका–९ घतानका ३० वर्षीय पुरुष, १९ गते बेनी–६ छापकी ५८ वर्षीया महिला र २१ गते पर्वत घर भई बेनी–५ भिरमुनि बस्ने ३६ वर्षीया महिलामा डेङ्गु पोजेटिभ भेटिएको बेनी अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार यसअघि वैशाख ९ गते मङ्गला–५ अर्मनका १७ वर्षीय पुरुषलाई एकैपटक स्क्रब टाइफस र डेङ्गु भेटिएको थियो । माघ २ गते अन्नपूर्ण–६ घारकी ६५ वर्षीया महिलामा डेङ्गु भेटिएको थियो । वैशाख १९ र २१ गते भर्ना भएका बिरामीको बेनी अस्पतालमा उपचार भइरहेको छ । अरु निको भएर घर फर्किएका छन् । डेङ्गु भेटिएका बिरामी गाउँमै खेतीकिसानी र घाँस दाउरा गर्ने व्यक्ति हुन् ।

म्याग्दीमा डेङ्गुको महामारी फैलन सक्ने चिकित्सकहरुको विश्लेषण छ । गत वर्ष १३ जना डेङ्गु सङ्क्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । क्लिनिकमा परीक्षण गराएका केही बिरामीले पोखरा गएर उपचार गरेका थिए । बेनी बजारको गणेशटोल, मङ्गलाघाट, बसपार्क, पारीबेनी र भिरमुनिलाई डेङ्गुको जोखिमयुक्त क्षेत्र मानिएको थियो ।

यो वर्ष अन्य ठाउँमा समेत विस्तार भएको छ । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट विश्वमा बर्सेनि पाँच करोड मानिस प्रभावित हुने तथ्याङ्क छ । नेपालमा गत वर्ष केही डेङ्गु सङ्क्रमितको ज्यानसमेत गएको थियो ।

पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेशी दुख्ने डेङ्गुको मुख्य लक्षण हुन् । टिन, रङका खाली डब्बा, टायरट्युब, खाली ड्रममा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याङ्कीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ ।

डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ । बर्खा शुरु नहुँदै दैनिकजसो डेङ्गुका बिरामी आउन थालेपछि स्वास्थ्य कार्यालय र स्थानीय तहमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ११ : २४ बजे

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा