विष्फोटक पदार्थसहित विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ « Khabarhub

विष्फोटक पदार्थसहित विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् ।

इलामको माई नगरपालिका–९ बोरुङमा ठुलो परिमाणमा विष्फोट पदार्थसहित नेत्र विक्रम चन्द विप्लब नेतृत्वका जिल्ला इन्चार्ज र २ जना कार्यकर्ता पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको विशेष सुराकीका आधार शसस्त्र प्रहरी समेतको टोलीले सोमबार राति ११ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा संखुवासभा घर भएका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ वर्षीय बर्षिय पासाङ तामाङलाई विष्फोटक पदार्थ र त्यसका लागि प्रयोग हुने सामग्री सहित पक्राउ गरेको इलामका प्रहरी उपरिक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार उनीहरुको साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम १ थान, ग्रिनेड १ थान, टुकि बम १ थान, पाइपमा फिट गरिएको बम १ थान, डेथ कड ६७ फिट, बम बिष्फोटमा प्रयोग हुने मिटर र रिमोट ४ थान, विभिन्न प्रकारका बिष्फोटक पदार्थ, चक्कु तथा दस्तावेजहरु फेला पारिएको छ ।

पक्राउ परेका तीनै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय इलाम ल्याइपुर्‍याइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ११ : ५२ बजे

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा