एम्बुलेन्सको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दारको मृत्यु « Khabarhub

एम्बुलेन्सको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दारको मृत्यु


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा एम्बुलेन्सको ठक्करबाट सशस्त्र प्रहरी बलका हवल्दारको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत केलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरमा से १ च १८२८ नम्बरको एम्बुलेन्सले म २ प ५३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सशस्त्र प्रहरी हवल्दार ३५ वर्षीय गोरख ऐरको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत हवल्दार ऐर कैलालीको घोडाघोडी नगरपालिका–१० स्थित घरबाट कार्यालय जाँदै दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ओम साईं अस्पतालको एम्बुलेन्सले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक घोडाघोडी–१० घर भएका २८ वर्षीय भरत बोहोरा भने घाइते छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले ठक्कर दिने एम्बुलेन्स चालक धनगढी उपमहानगरपालिका–१० का ५४ वर्षीय आशाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चौधरीलाई अहिले इलाका प्रहरी कार्यालय सुख्खडमा राखिएको जनाइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  २ : ०७ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका