चितवनको कोरोना अस्पतालमा चोरी भएको विषयमा अनुसन्धान शुरु | Khabarhub Khabarhub

चितवनको कोरोना अस्पतालमा चोरी भएको विषयमा अनुसन्धान शुरु


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा चोरी भएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान शुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आन्तरिकरूपमा कर्मचारी परिचालन गरी अनुसन्धानको कामलाई अघि बढाइएको छ । टोलीले अनुसन्धानको काम शुरु गरिसकेको र केही दिनमा नतिजा आउने उनले बताए । प्रजिअ भट्टराईले भने, ‘अनुसन्धानको काम भइरहेको छ, यो सकिएलगत्तै कमजोरी पाइएमा कानूनी प्रक्रिया अगाडि बढ्छ ।’

केही समयअघि मात्रै भरतपुर महानगरपालिका–१० मा स्थापना गरिएको कोरोना विशेष (अस्थायी) अस्पतालको सामान कर्मचारीले पोको पार्दै गरेको भिडियो राखेर समाचार बाहिर आएको थियो । त्यसलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोना अस्पतालका आवश्यक कागजपत्र नियन्त्रणमा लिएको थियो ।

कर्मचारीले ती सामग्री भरतपुर महानगरपालिकाले लगेको जनाउँदै आएका छन् । तर रातको समयमा पोको पारेर बाहिर लगिएपछि उनीहरुको नियतमाथि प्रश्न उठाउँदै छानबिनको माग गरिँदै आएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस चितवनले अस्पतालमा भएको अनियमितता र चोरीको विषयमा कारवाही गर्न माग गर्दै आन्दोलन गरिरहेको छ । भरतपुर महानगरपालिकाको अगुवाइमा कोरोना आशङ्का भएका बिरामीलाई उपचारका लागि चैत ७ गते सो अस्पताल स्थापना गरिएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ३ : १३ बजे

राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदान गर्न पाइने (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय

नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा महानगरको डोजर (तस्बिरहरू)

 काठमाडौं– नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको

पाल्पाको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

तानसेन– यहाँका विभिन्न ठाउँबाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी

राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर

वाशिङ्टन- राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर

मन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको बिदाइ भेट

काठमाडौं– नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश