पीसीआर विधिबाट हुने परीक्षणको दर घट्यो, २४ घण्टामा २ सय १० जनाको मात्रै कोरोना परीक्षण « Khabarhub

पीसीआर विधिबाट हुने परीक्षणको दर घट्यो, २४ घण्टामा २ सय १० जनाको मात्रै कोरोना परीक्षण


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पछिल्लो २४ घण्टामा २ सय १० जनाको मात्र पीसीआर विधिबाट कोरोना परीक्षण गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट १३ हजार ८ सय ५० जनाको कोरोना परीक्षण भएको छ । यसअघि हिजो ( सोमबार) सम्म १३ हजार ६ सय ४० जनाको कोरोना परीक्षण भएको जनाएको थियो ।

यो तथ्यांकलाई हेर्दा सरकारले पछिल्लो २४ घण्टामा २ सय १० जनाको मात्र पीसीआर विधिबाट कोरोना परीक्षण गरेको देखिन्छ । ती मध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय पीसीआर विधिबाट हुने परीक्षणका लागि आवश्यक पर्ने किटको अभाव भएपछि केही ठाउँमा परीक्षण नै रोकिएको छ । जसका कारण परीक्षण दर कम हुन पुगेको छ ।

उनका अनुसार हाल नेपालमा ८२ जना कोरोना संक्रमित रहेका छन् । ती मध्ये ६१ जना पुरुष र २१ जना महिला छन् । प्रदेश १ मा ३१, प्रदेश २ मा १३, वागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश नम्बर ५ मा २४ र सुदुरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रवक्ता देवकोटाका अनुसार ८२ जना कोरोना संक्रमित मध्ये रुपन्देहीमा १ जना, नेपालगञ्जमा २३ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा ९ जना र विराटनगरमा ३१ जना गरी ६५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । विभिन्न अस्पतालमा उपचारत ६५ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रवक्ता देवकोटाले बताए ।

पीसीआर विधिबाट गरिएको परीक्षणको नतिजाको आधारमा स्वास्थ्य मन्त्रालयले उनीहरुमा संक्रमण भएको एकिन गरेको हो । प्रवक्ता देवकोटाका अनुसार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट हालसम्म ५२ हजार २ सय २७ वटा नमूना परीक्षण भएको छ । यस्तै गत २४ घण्टामा आरडीटी विधिबाट १ हजार ५ सय ८२ जनाको कोरोना परीक्षण गरेके प्रवक्ता देवकोटाले बताए । तर आरडीटी विधिबाट गरिएको परीक्षणको नतिजा भने प्रवक्ता देवकोटाले सार्वजनिक गरेका छैनन् ।

यस्तै देशभरका क्वारेन्टाइनमा २१ हजार ९९ जना रहेका छन् भने आइसोलेसनमा कोरोना संक्रमित र आशंका गरिएका व्यक्तिहरु १ सय २० जना रहेका छन् ।


नेपालमा पीसीआर विधिबाट गरिने कोरोना परीक्षणको किट अभाव


विज्ञहरू भन्छन् : यति सुस्त पीसीआर परीक्षणले कोरोना रोकथाम हुँदैन

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ४ : ५३ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच