मौसम पूर्वानुमान जस्तै अब चट्याङ पर्ने स्थान र समयको पनि पूर्वानुमान हुने | Khabarhub Khabarhub

मौसम पूर्वानुमान जस्तै अब चट्याङ पर्ने स्थान र समयको पनि पूर्वानुमान हुने


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब मौसम (वर्षा)को जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आगामी वर्षातदेखि नै चट्याङको पूर्वामानुमान गर्ने गरी तयारी भइरहेको जानकारी दिए । विभागले हाल वर्षा, हावाहुरी, बाढी तथा पहिरो आउने स्थान र समयको पूर्वानुमान गर्दै आएको छ ।

समयमै सही सूचना प्रवाह गर्न सके चट्याङबाट हुने मानवीय क्षति कम गराउन सकिने भएकाले त्यसका लागि काम भइरहेको मन्त्री पुनले बताए ।

‘चट्याङबाट हरेक वर्ष १ सय भन्दा बढीको मृत्यु हुने गरेको तथ्याङ्क छ’, सम्बद्ध पक्षसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले भने, ‘समयमै सूचना प्रवाह गर्न सकियो भने चट्याङबाट हुने मानवीय क्षति रोक्न सकिन्छ ।’

मन्त्री पुनले पछिल्लो समय मौसम विभागले गर्ने पूर्वानुमानप्रति जनस्तरमा विश्वासको वातावरण बढ्दै गएकाले सन्तोष व्यक्त गर्दै आगामी दिनमा थप सुधार गर्ने प्रतिबद्धता जनाए ।

सिंचाई मन्त्रालयका सचिव रवीन्द्रकुमार श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण चट्याङको समय र स्थानबारे पूर्वानुमान गर्ने कार्य केही समय पछि धकेलिए पनि यसै वर्ष भित्र काम सक्ने प्रयास भइरहेको बताए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक जगदीश्वर कर्माचार्यले चट्याङ पर्ने स्थान र समयबारे पूर्वानुमान असम्भव नरहेको बताए । ‘अरु देशहरुमा यो प्रविधि अहिले पनि छ’, उनले भने, ‘अब हामी पनि छिट्टै चट्याङबारे पूर्वानुमान गरेर सूचना प्रवाह गर्दैछौं ।’

उनले नेपालको चुरे रेन्ज (श्रृङ्खला) चट्याङको बढी जोमिमा रहेको उल्लेख गरे । मंगलबार मन्त्रालयमा आयोजित छलफलमा ऊर्जा सचिव दिनेशकुमार घिमिरे, सिंचाई सचिव श्रेष्ठ, मौसम विभागका उपमहानिर्देशक कर्माचार्य, सिंचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारी र गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिककरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल पोखरेल र गृह मन्त्रालयका उप–सचिव गणेशविक्रम शाही सहभागी थिए ।


चट्याङको उच्च जोखिममा नेपाल

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ५ : ०९ बजे

राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर

वाशिङ्टन- राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर

मन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको बिदाइ भेट

काठमाडौं– नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश

प्रकाश र दयाहाङको पहिलो सहकार्य रहेको फिल्म ‘मिरमिरे’को दुई पोस्टर सार्वजनिक

काठमाडौं – माघ १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मिरमिरे’को

जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरणमा सहजीकरणको लागि समन्वय गर्न मन्त्रालयको आह्वान

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरणमा सहजीकरणको