लकडाउनका बेला भारतबाट नेपाल आएको ट्रकमा भेटियो १ करोड भारु | Khabarhub Khabarhub

लकडाउनका बेला भारतबाट नेपाल आएको ट्रकमा भेटियो १ करोड भारु


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– लकडाउनका समयमा अत्यावश्यक बस्तुको ढुवानी गर्ने भन्दै भारतबाट नेपाल आएको ट्रकबाट १ करोड भन्दा बढी भारतीय रुपैयाँ (भारु) बरामद भएको छ ।

मोरङको रानी (विराटनगर) भन्सार नाका भएर नेपाल प्रवेश गर्न लागेको डब्लूबी–७३–ई ७६३५ नम्बरको ट्रकबाट १ करोड ९ लाख ८९ हजार ५ सय ३० भारु बरामद भएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी प्रविनकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार एकीकृत भन्सार जाँच चौकी प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा ट्रकमा एउटा कार्टुनमा हालेर लुकाइएको अवस्थामा भारतीय रुपैयाँ फेला परेको थियो ।

सशस्त्र प्रहरीले भारतीय रुपैयाँसहित २ जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रकका चालक रवि कुमार र सहचालक पप्पु छन् ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी श्रेष्ठका अनुसार बयानका क्रममा ट्रकका चालकले आफू भारतको सुपौलबाट आएको बताएका छन् ।

आफूहरु विराटनगरबाट वाइपर लोड गरेर पुनः भारतको सिलगुडी फर्किने गरी आएको पनि चालकले बयानमा बताएका छन् ।

सशस्त्र प्रहरीले बरामद भएको भारतीय रुपैयाँसहित दुवै जनालाई भन्सार कार्यालयको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ५ : २७ बजे

लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न चिनियाँ व्यवसायीलाई मल्लको आग्रह 

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी,

लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु

लमजुङ– लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ

जनकपुर–ढल्केवर ६ लेन सडकमा तीन आकाशे पुल निर्माण गरिँदै

जनकपुरधाम– सडक दुर्घटना न्यून गर्न र ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले

माउन्टेन इनर्जी नेपालद्वारा २१ प्रतिशत बढी लाभांश घोषणा

काठमाडौं– माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको

माओवादी केन्द्रको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्न निर्वाचन आयोग पुगे पुन

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का जे‍न-जी अभियान्ता सन्दिप