जंगली च्याउ खाँदा सङ्खुवासभामा १० जना बिरामी « Khabarhub

जंगली च्याउ खाँदा सङ्खुवासभामा १० जना बिरामी


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ गोठगाउँमा जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा तीन घरपरिवारका १० जना बिरामी परेका छन् ।

शनिबार बेलुकी च्याउको तरकारी खाएपछि २७ वर्षीय सन्देश राई, उनकी श्रीमती २४ वर्षीया मनिला राई, छोरी तीन वर्षीया सुपी राई बिरामी परेका थिए । उनीहरुका छिमेकी २४ वर्षीया अनिता राई, २१ वर्षीय दिनेश राई र तीन वर्षीया छोरी आकांक्षा राई गरी छ जना बिरामी परेपछि उपचारका लागि सोमबार जिल्ला अस्पताल खाँदबारीमा ल्याइएको छ ।

यस्तै राईका अर्का छिमेकी ३० वर्षीया कल्पना रिजाल र उनको छोरीहरु छ वर्षीया फूलकुमारी, ११ वर्षीया सुस्मिता र १३ वर्षीया बालकुमारी पनि च्याउ खाएपछि बिरामी परेका हुन् ।

उनीहरुलाई पनि सोमबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले बताए । अहिले उनीहरुको अवस्था सामान्य रहेको जिल्ला अस्पताल खाँदबारीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुन्दरश्याम झाले बताए ।

जङ्गली च्याउ खाएर बिरामी परेकाको उपचार भइरहेकाले डराउनुपर्ने अवस्था नरहेको डा झाको भनाइ छ । गएको शनिबार सन्देश र मनिलाले जङ्गलबाट च्याउ टिपेर ल्याएपछि दुई घर छिमेकी अनिता राई र कल्पना रिजाललाई बाँडेर दिएका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ५ : ४१ बजे

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा