जंगली च्याउ खाँदा सङ्खुवासभामा १० जना बिरामी | Khabarhub Khabarhub

जंगली च्याउ खाँदा सङ्खुवासभामा १० जना बिरामी


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ गोठगाउँमा जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा तीन घरपरिवारका १० जना बिरामी परेका छन् ।

शनिबार बेलुकी च्याउको तरकारी खाएपछि २७ वर्षीय सन्देश राई, उनकी श्रीमती २४ वर्षीया मनिला राई, छोरी तीन वर्षीया सुपी राई बिरामी परेका थिए । उनीहरुका छिमेकी २४ वर्षीया अनिता राई, २१ वर्षीय दिनेश राई र तीन वर्षीया छोरी आकांक्षा राई गरी छ जना बिरामी परेपछि उपचारका लागि सोमबार जिल्ला अस्पताल खाँदबारीमा ल्याइएको छ ।

यस्तै राईका अर्का छिमेकी ३० वर्षीया कल्पना रिजाल र उनको छोरीहरु छ वर्षीया फूलकुमारी, ११ वर्षीया सुस्मिता र १३ वर्षीया बालकुमारी पनि च्याउ खाएपछि बिरामी परेका हुन् ।

उनीहरुलाई पनि सोमबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले बताए । अहिले उनीहरुको अवस्था सामान्य रहेको जिल्ला अस्पताल खाँदबारीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुन्दरश्याम झाले बताए ।

जङ्गली च्याउ खाएर बिरामी परेकाको उपचार भइरहेकाले डराउनुपर्ने अवस्था नरहेको डा झाको भनाइ छ । गएको शनिबार सन्देश र मनिलाले जङ्गलबाट च्याउ टिपेर ल्याएपछि दुई घर छिमेकी अनिता राई र कल्पना रिजाललाई बाँडेर दिएका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ५ : ४१ बजे

उद्योग संगठन मोरङले गर्‍यो श्रमिकलाई सम्मान

मोरङ – १३५औं अन्तरराष्ट्रिय श्रमिक दिवस (मे डे) अवसरमा उद्योग

सप्तरीमा तीन लाख बराबरको धनमाल चोरी

सप्तरी– सप्तरीमा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।

पाकिस्तान र इरानबाट दुई हजारभन्दा बढी अफगान आप्रवासी निर्वासित

इस्लामबाद– पाकिस्तान र इरानले निष्कासन गरेपछि दुई हजारभन्दा बढी अफगान

आगलागीबाट १४ लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं– भक्तपुर र उदयपुरमा आगलागीबाट १४ लाख रुपैयाँ बराबरको धनमाल

अर्थमन्त्री भन्छन्‌ : ‘सरकारले अब भारत र चीनको बजार हेरेर नीति बनाउँछ’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले अब सरकारले भारत र चीनकाे