कोरोना भाइरसको संक्रमणबाट नाइजरका श्रम मन्त्रीको मृत्यु « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट नाइजरका श्रम मन्त्रीको मृत्यु


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नियामे– कोरोना भाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको मृत्यु भएको छ ।

सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पीएसडी)ले राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन ओमारको गत आइतबार निधन भएको जनाएको हो ।

मन्त्री बेन ओमारको निधन भएको समाचार प्रशारण गर्नुअघि टेलिभिजनले मन्त्री बेन ओमारले कोरोनाभाइरसका बारेमा व्यक्त गरेको सन्देशहरु प्रसारण गरेको थियो । सन्देशमा मन्त्री ओमारले कोरोनाभाइरस निकै खतरनाक र घातक रहेको तथा यो प्रकाशको गतिमा फैलिने स्वभावको रहेको बताएका थिए ।

नाइजरका राष्ट्रपति मोहमदु इसोफुले बेन ओमारको निधनबाट आफू अत्यन्त दुखित भएको बताएका छन् ।

नाइजरमा हालसम्म ७५५ जनामा कोराना संक्रमण हुनुका साथै ३७ जनाको मृत्यु भएको छ ।

नाइजरमा हाल आपतकालीन स्थितिको घोषणा गरिएको छ । सीमा, धार्मिक स्थल तथा विद्यालयहरु सबै बन्द गरिएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ६ : ४४ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात