कोरोना भाइरस : मुलुकभर ६६ हजार नमूना परीक्षण « Khabarhub

कोरोना भाइरस : मुलुकभर ६६ हजार नमूना परीक्षण


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले हालसम्म मुलुकभर पीसीआर र र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) विधिबाट कुल ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले पीसीआर विधिबाट १३ हजार ८५० र आरडीटी विधिबाट ५२ हजार २२७ नमूना परीक्षण गरिएको जानकारी दिए ।

पछिल्लो २४ घन्टामा एक हजार ५८२ वटा नमूना परीक्षण गरिएको छ । मुलुकभरका विभिन्न १८ स्थानबाट पीसीआर विधिबाट परीक्षण भइरहेको उनले जानकारी दिए ।

प्रदेश नं १ मा छ हजार १२२, प्रदेश नं २ मा पाँच हजार ७७५, वागमती प्रदेशमा आठ हजार ९४०, गण्डकी प्रदेशमा छ हजार ७४, प्रदेश नं ५ मा पाँच हजार १९३, कर्णाली प्रदेशमा पाँच हजार ८७६ र सुदूरपश्चिम प्रदेशमा १४ हजार २४४ वटा नमूना परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

देशभर कुल सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । जसमध्ये पुरुष ६२ र महिला २१ छन् । प्रदेश नं १ मा ३१, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा पाँच जनामा सङ्क्रमण देखिएको छ ।

रुपन्देहीमा एक, नेपालगन्जमा २३, कैलालीमा एक, चितवनमा एक, पर्सामा नौ र मोरङमा ३१ जना गरी जम्मा ६६ जनाको उपचार भइरहेको छ ।

आइसोलेसनमा रहेका सम्भावित सङ्क्रमितको सङ्ख्या १२० रहेको छ । काठमाडौँ उपत्यकामा २ र उपत्यका बाहिर ११८ जना आइसोलेसनमा छन् ।

मुलुकभर क्वारेन्टिनमा बस्नेको सङ्ख्या २१ हजार ९९ पुगेको छ । प्रदेश नं १ मा दुई हजार १२४, प्रदेश नं २ मा एक हजार २९०, वागमती प्रदेशमा २५८, गण्डकी प्रदेशमा ७२६, प्रदेश नं ५ मा आठ हजार ९२२, कर्णाली प्रदेशमा तीन हजार ७५४ र सुदूरपश्चिम प्रदेशमा चार हजार २५ जना क्वारेन्टिनमा बसेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ७ : ०२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल