नेपालगञ्जमा समुदायस्तरमा कोरोनाको परीक्षण गरिँदै « Khabarhub

नेपालगञ्जमा समुदायस्तरमा कोरोनाको परीक्षण गरिँदै


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्जमा समुदायस्तरमा फैलिएको कोरोना भाइरस न्यूनीकरण तथा रोकथामका लागि परीक्षणको दायरालाई फराकिलो बनाइएको छ ।

कोरोना सङ्क्रमित समुदायमा परीक्षणका लागि स्वाब सङ्कलन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवम् कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनका अनुसार समुदायस्तरमा कोरोना सङ्क्रमण हुनु महामारी पूर्वसङ्केत भएकाले नेपालगञ्जलाई नै निषेधित क्षेत्र घोषणा गरेर शङ्कास्पद समुदायका सबैजनाको कोरोना जाँच गरिँदैछ ।

दोस्रो चरणबारे थाहा नपाउँदैै नेपालगञ्जमा कोरोना सङ्क्रमण तेस्रो चरणमा प्रवेश गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को प्रोटोकलमा सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको अवस्थालाई दोस्रो चरण भनिन्छ ।

“नेपालगञ्जमा कोरोना दोस्रो चरणमा प्रवेश भएको कुनै पत्तो नै नपाई समुदायस्तरमा सरेको पाइएकोले तेस्रो चरणको सङ्क्रमण हो”, श्रेष्ठले भने, “कम्युनिटी ट्रान्समिसन महामारीपूर्वको अवस्था हो । त्यसैले अझै बढी सतर्कता अपनाउनुपर्ने र सावधानीका सबै उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता भएको छ ।”

भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले सङ्क्रमितबाट समुदायका अन्य व्यक्तिमा कोरोना फैलिएपछि यहाँ जोखिम बढेकाले सावधानीका सम्पूर्ण उपाय अवलम्बन गरिएको बताए ।

“सङ्क्रमित व्यक्तिबाट समुदायस्तरमा कोरोना फैलिसकेको छ । यो भयावहको अवस्था हो । सो क्षेत्र पूरै शिल गरेर सबै जनाको कोरोना जाँच गर्नुपर्छ”, उनले भने, “सङ्क्रमित ब्यक्तिबाट अन्य व्यक्ति हुँदै समुदायस्तरमा सरिसकेका कारण नेपालगञ्ज कोरोनाको खतरा मोडमा पुगेको छ ।”

नेपालगञ्जमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति गत चैत १० मा भारतबाट फर्किएका थिए । नेपालगञ्ज –८ डिएसपी रोड निवासी उनी यसबीचमा महेन्द्रपार्कस्थित अन्सारियन मस्जिदमा नमाज पढ्न र स्थानीयवासीको घरैमा गएर बालबालिकालाई पढाउन जाने गरेको पाइएको छ । उनीसँग सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्दै जाँदा महेन्द्रपार्क आसपासका ९० जनाको स्वाब गत शनिबार सङ्कलन गरिएको हो ।

नेपालगञ्ज–८ का मुसलमान समुदायका अगुवा समसुद्दीन सिद्धिकीले टोलका सबैजनाको कोरोना जाँच हुनुपर्ने बताए । उनले जाँचका लागि समन्वय र सहयोग गर्न आफूहरु तयार रहेको जानकारी दिए ।

सबै सङ्क्रमितको व्यापक रुपमा कन्ट्रयाक ट्रेसिङ गर्ने र ट्रेसिङबाट पहिचान गरिएका सम्भावितको स्वाब परीक्षण गर्न जिल्ला निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । उनले भने, “उक्त अवधिभर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्यमा खटिने जनशक्तिबाहेक अन्य कसैले घरबाहिर निस्कन पाउने छैन ।”

उनले स्वाब नमूना परीक्षणमा पोजेटिभ रिपोर्ट आएकालाई आइसोलेशन अस्पताल लैजाने र रिपोर्ट नेगेटिभ भएकालाई सुरक्षाको उच्च निगरानीसहित घरमै एकान्तबासमा राख्ने व्यवस्था गरिएको जानकारी दिए । (रासस)

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ७ : ५५ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो