जमिन बाँझो नराख्नु- हेटौंडा उपमहानगर « Khabarhub

जमिन बाँझो नराख्नु- हेटौंडा उपमहानगर


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- कृषियोग्य जमिनको सदुपयोग गर्दै उत्पादन बढाउन हेटौंडा उपमहानगरपालिकाले नयाँ अभ्यास थालेको छ । उपमहानगरपालिकाले कृषियोग्य जमिन बाँझो नराख्न आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

लामो समय सम्मको लकडाउनपछी खाद्यान्नको समस्या हुने भएकाले बाँझो अवस्थामा रहेका जमिन खाली नराख्नका लागि उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आग्रह गरे । अहिले खाली अवस्थामा रहेका खेतबारीलाई तत्काल उपयोगमा ल्याउनुपर्ने उनको भनाई छ ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा किसानका लागि प्रविधि हस्तान्तरण, कृषिमा आधुनिकीकरणमा जोड दिएको छ । आउँदो आर्थिक वर्ष र यो वर्ष पनि बाँकी रहेको बजेटलाई उर्वर जमिनलाई उपयोगमा ल्याउनेगरी काम गर्न लागिएको मेयर महतले बताए ।

लामो समयको लकडाउनका कारण बेरोजगारी समस्या बढ्दै गएकाले कृषि क्षेत्रमा लाग्ने युवाहरुलाई सहयोग गरिने उपमहानगरपालिकाको योजना छ ।

कोरोना भाइरसको महामारीका कारण रोजगारी क्षेत्रमा बढी असर पर्न गएकाले नगर क्षेत्रमा खेती योग्य जमिन बाँझो नराख्नका लागि सवैमा आगैह गरिएको र किसानका लागि सहयोगका कार्यक्रम पनि ल्याइने मेयर महतले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ८ : ५३ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो