कोरोना संक्रमित बढेसँगै ‘डब्लुएचओ’को टोली पुग्यो नेपालगञ्ज « Khabarhub

कोरोना संक्रमित बढेसँगै ‘डब्लुएचओ’को टोली पुग्यो नेपालगञ्ज


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपालगञ्जमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली नेपालगञ्ज पुगेको छ ।

नेपालगञ्जमा देशभरमै धेरै संख्यामा कोरोना भाइरस संक्रमित भेटिएपछि डब्लुएचओको स्वास्थ्यकर्मी तथा प्राविधिक टोली मंगलबार नेपालगञ्ज पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

टोलीले नेपालगञ्जका विभिन्न टोल तथा बस्ती पुगेर स्वाब संकलनमा सहजीकरण गरिरहेको उनले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिका–८, महेन्द्रपार्क नजीक पाल लगाएर बाँकेको स्वास्थ्य टोलीसँग डब्लुएचओको उक्त टोलीले कोरोना भाइरस आंशकितको स्वाब संकलनमा सहयोग गरिरहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

चिकित्सकलगायत प्राविधिक रहेको टोलीका सदस्यहरुको विस्तृत विवरण खुलाइएको छैन । डब्लुएचओको टोलीले यतिबेला नेपालगञ्जको कोरोना संक्रमित स्थलमा काम गरिरहेको छ ।

बुधबारदेखि स्वाब संकलन तथा परीक्षणमा पनि उक्त टोलीले सहकार्य गरेर काम बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘जिल्लाका स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न आएको डब्लुएचओको टोलीले यहाँ आवश्यकताअनुसारका काम गर्नेछ ।’

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाका अनुसार पहिलो संक्रमितको सम्पर्कमा आएका १०५ जनाकै रिपोर्ट आइसकेको छ । आइतबार ६० जनाको आउँदा १५ जनामा संक्रमण देखिएको थियो भने बाँकी मंगलबार ४५ जनाको रिपोर्ट आउँदा सात जनामा पोजेटिभ देखिएर बाँकेमा संक्रमितको कुल संख्या २३ पुगेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ९ : ३२ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो