असार १ देखि विद्यार्थी भर्ना गर्ने तयारीमा निजी विद्यालय सञ्‍चालक « Khabarhub

असार १ देखि विद्यार्थी भर्ना गर्ने तयारीमा निजी विद्यालय सञ्‍चालक


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्याब्सन, एन प्याब्सन, हिसानलगायत निजी शिक्षण संस्थाको छाता सङ्गठनले असार १ गतेदेखि नयाँ भर्ना गर्ने तयारी थालेका छन् ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसँगको छलफलमा निजी शिक्षण संस्थाका छाता सङ्घ–सङ्गठनका प्रतिनिधिहरूले भर्ना प्रक्रिया सुरु गर्ने बताएका हुन् ।

“कोरोनाको प्रकोप न्यून नभएसम्म र सरकारले पठनपाठन सुरु गर्न निर्देशन नदिँदासम्म विद्यार्थी बोलाउन सक्ने अवस्था छैन,” छलफलमा सहभागी प्याब्सन वरिष्ठ उपाध्यक्ष डीके ढुङ्गानाले भने, “असार १ बाट विद्यार्थी भर्नाका विषयमा सहजीकरण गर्नुपर्ने माग राखेका छौं ।”

उच्चस्तरीय समन्वय समितिले लकडाउनका मोडालिटी परिवर्तन गर्दै शिक्षा क्षेत्रलाई पनि खुकुलो तुल्याउन के विकल्प हुन सक्छ भनेर शिक्षा क्षेत्रका सरोकारवालासँग राय–सुझाव मागेको ढुङ्गानाले बताए ।

समितिले लिखितै सुझाव मागेकाले आज प्याब्सन, एनप्याब्सन र हिसानले लिखित सुझाव पेस गर्ने जानकारी दिए ।

ढुङ्गानाले सरकारले तत्कालै अनलाइन कक्षा सुरु गर्न ताकेता गरेको बताउँदै त्यसको कार्यविधि पनि स्पष्ट पार्न आग्रह गरेको जानकारी दिए ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ७ : २९ बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा