जुम्लामा क्वारेन्टाइनमा बसेका ६५ वर्षे वृद्धको मृत्यु « Khabarhub

जुम्लामा क्वारेन्टाइनमा बसेका ६५ वर्षे वृद्धको मृत्यु


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लामा क्वारेन्टाइनमै बसेका एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-८ का उनी जेठ २१ गते नेपालगञ्जबाट जुम्ला गएका थिए । उनी भारतबाट नेपालगञ्ज हुँदै जुम्ला पुगेका थिए । उनीसँगै ९ जना नेपालगञ्जबाट जुम्ला पुगेका थिए ।

बाहिरी जिल्लाबाट आएका उनलाई नजिकैको क्वारेन्टाइनमा राखिएको थियो । धुपी ढुस्का माध्यमिक विद्यालयमा क्‍वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी लालबहादुर धामीले जानकारी दिए।

मृतक मुटु र दमको बिरामी थिए । नियमित औषधि सेवन गर्दै आएका उनको मृत्युको कारण खुलेको छैन् । डीएसपी धामीका अनुसार मृतक व्यक्तिको थ्रोट स्वाबको नमुना संकलनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गएको छ ।

स्थानीयका अनुसार भारतबाट जुम्ला आइसकेपछि उनी बाटोमा हिँड्न सकिरहेका थिएनन्। उम्गाट भन्ने ठाउँमा उनी हिँड्न नसेकपछि उनलाई कसैले बोक्न मानेको थिएन। त्यसपछि उनकी बुहारीले बोकेर लगेकी थिइन्।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ९ : २० बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा