प्रदेश १ बाट थप ३० जना निको भए « Khabarhub

प्रदेश १ बाट थप ३० जना निको भए


२३ जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश १ को विराटनगर र धरानबाट कोभिड-१९ का थप ३० जना संक्रमित निको भएर घर फर्केका छन्।

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ भर्ना भएका २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका तीन जना निको भएर फर्केका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए। योसँगै प्रदेश १ बाट निको भइ घर फर्केनेको संख्या ७८ पुगेको छ।

विराटनगर केन्द्रबाट निको भइ घर फर्केनेमा चार महिला, एक सञ्चारकर्मीसहित २७ जना छन्। विराटनगरबाट घर फर्केनेमा एकजना पूर्व सङ्क्रमित छन्।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले आगामी दिनमा चिकित्सकको समूह गठन गरी उनीहरुको निर्देशनअनुसार उपचार कार्य शुरु गर्ने जानकारी दिए।

पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा रहेको शिक्षण अस्पतालमा दुई शय्याको उपचार केन्द्र बिहीबारदेखि सञ्चालनमा ल्याएको छ। केही दिनभित्र मेची अस्पतालमा थप दुई शय्याको केन्द्र स्थापना गरिने घिमिरेले बताए।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  १० : ०३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस