प्रचण्ड गर्मी ‘लू’बाट बच्न अपनाउनुहोस् यी घरेलु उपाय « Khabarhub

प्रचण्ड गर्मी ‘लू’बाट बच्न अपनाउनुहोस् यी घरेलु उपाय


२३ जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेठको अन्तिम साता सुरु भएसँगै गर्मीको मौसमको बढ्दै गएको छ ।

सुर्यको प्रचण्ड गर्मी, हावा नचलेको समय अनि वर्षा नहुदाँको बेला गर्मीको अवस्था कस्तो होला ? तपाईले भोग्नुभएको छ भने महसुस गर्नुभयो होला ।

यस्तै बेला अधिकाशं मानिसलाई ‘लू’ लाग्ने गर्दछ । तसर्थ प्रचण्ड गर्मी र ‘लू’बाट बच्न केहि सावधानी र घरेलु उपाय अपनाएमा लूबाट बच्न सकिन्छ ।

१. अमला

अमलालाई उमालेर मज्जाले पिस्नुहोस् । त्यसपछि तयार भएको लेदोमा सख्खर र मह मिसाउनुहोस् ।

अब तयार भएको मिश्रणलाई दिनमा कम्तीमा ५/६ पटक पिउनुहोस् । यसले गर्मीको मारसहित पखाला, बान्ता र ज्वरोमा फाइदा पुर्याउँछ ।

२. सातुको सर्बत

मकै, जौ, चनालगायतका बिभिन्न अन्नबाट बनाइने सातु र पानीको मिश्रणबाट तयार हुने सर्बत एक स्वास्थ प्रोटिनयुक्त पेय हो । यस प्रकारको सर्बतमा उल्लेख्य रुपमा फाइबर हुन्छ । गर्मी र लुबाट बच्न सातुका साथमा ताजा फलफूल मिसाएर पिएमा तत्काल लाभ मिल्दछ ।

३. तरबुजा
तरबुजा एक पोषकतत्व र अत्यधिक पानीले भरिपुर्ण फल हो । यसलाई कैयौं प्रकारबाट सेवन गर्न सकिन्छ । तरबुजा एक स्वादिष्ट फलको पनि हो । तरबुजामा पाइने लाइकोपीनले छालालाई सुर्यको अल्ट्रा वायलेट किरणबाट बचाउने गर्दछ ।

४. कागतीको रस
गर्मीको मौसममा स्वास्थ्य रहनका लागी नियमति एक गिलास चिसो कागती पानी पिउनु लाभदायक मानिन्छ । पानीको अभावमा हुने डिहाइड्रेटेडबाट बच्न पनि पानी र कागती उपयुक्त हुन्छ । तसर्थ फ्रिजमा राखिएको कागती र चिसो धाराको पानीबाट बनाइएको पेय अत्यन्त लाभदायक मानिन्छ । यसमा पुदीनाको पत्ता पनि थप्न सकिन्छ ।

५. गोलभेडा
युरिक एसिडका बिरामी बाहेकका ब्यक्तिलाई गोलभेडा अत्यन्त स्वास्थ्यबर्धक हुन्छ । गोलभेडामा भिटामिन सी पर्याप्तमात्रामा पाइन्छ । यसमा लाइकोपीनजस्ता लाभकारी फाइटोकेमिकल्स पनि पाइन्छ । जो पुरानारोगबाट विशेष क्यान्सरबाट बचाउने गर्दछ । गोलभेडाको सेवनले गर्मी र लूबाट बचाउँछ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ११ : २४ बजे

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई