लकडाउनका बेला विवाद र ट्रोलको सिकार बन्ने बलिउड सेलिब्रेटी को को ? « Khabarhub

लकडाउनका बेला विवाद र ट्रोलको सिकार बन्ने बलिउड सेलिब्रेटी को को ?


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुनत बलिउड सेलिब्रेटी प्रायः सँधैजसो चर्चामा नै रहन्छन् । अक्सर उनीहरुले सामाजिक सञ्जालमा हेटर्सको ट्रोलको पनि सामना गर्नुपर्दछ । तर लकडाउनका बेला पनि सामाजिक सञ्जालमा सक्रिय केहि सेलिब्रेटी विवादमा आएका छन् ।

कुनै पार्टी, इभेन्टमा नगई पनि घर बसिबसि विवादमा परेका सेलिब्रेटी को को हुन् ?

अनुष्का शर्मा

लकडाउनका बेला बलिउड अनिनेत्री अनुष्का शर्माको प्रोडक्सनमा बनेको वेब सीरीज पाताल लोक रिलिज भएको थियो । यस सीरीजलाई मानिसहरुले अत्यन्त रुचाएका थिए । तर पनि यो ट्रोलको सिकार भयो । शोको केहि दृष्यमा नेपाली भाषीप्रति र जातियतामा प्रहार गरेको भन्दै मुद्दा नै दर्ता भयो । अनि प्रोड्यूसर अनुष्का शर्माको ट्रोल बन्यो ।

एकता कपुर

एकता कपुरको वेभ सीरीज एक्सएक्सएक्स २ (XXX 2) मा आर्मी युनिफर्मको अपमानको आरोपमा उनको ट्रोल बनेको छ । सामाजिक सञ्जालमा एकताका हेर्टसले ट्रोल सेयर गरेका हुन् । बिगबोस फेम हिन्दुस्तानी भाऊले एकता र शोभा कपुरविरुद्ध उजुरी नै दर्ता गराए । भारतमा यस सीरीज र एकताको विरोध भएको छ ।

देवोलीना/मयुर

लकडाउनको समयमा भारतीय टेलिभिजनका सिरियलमा संस्कारी बुहारीको छबि बनाएकी देवोलीना भट्टाचार्जी पनि विवादको घेरामा परेकि छन् । कलाकार मयुर बर्माले साइबर सेलमा देवोलीनाले आफ्नो करियर र इमेजमा क्षति पुर्‍याएको भन्दै उजुरी गरेका थिए ।

देवोलीनाले मयुरलाई मजाक बनाइएको एक तस्वीरलाई ट्विटरमा लाइक गरेकि थिइन् । जसलाई देवोलीनाका हेर्टसले ट्रोल बनाए ।

अनुराग बसु अर्थात पार्थ समथान

भारतीय टेलिभिजनको चर्चित सिरियल कसौटी जिन्दगीकी २ का पात्र अनुराग बसु अर्थात पार्थ समथानको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

जसमा उनी पुल पार्टीमा देखिएका छन् । भिडियो भाइरल भएपछि पार्थको ट्रोल शुरु भएको छ । हुन चाहिँ भाइरल भिडियो लकडाउन अघिको हो वा पछिको हो त्यसबारे भने यकिन गरिएको छैन ।

फैजल शेख

भारतीय टिकटक आर्टिस्ट फैजल शेख पनि विवादित भिडियोका कारण कैयौं ब्यक्तिको निशानामा परेका छन् । फैजलविरुद्ध एक वकिलले उजुरी दर्ता गराएका थिए । वकिलको आरोप थियो कि फैजलको भिडियो घरेलु हिंसा र महिलाको शोषणलाई बढावा दिने खालको छ । सोहि भिडियोका कारण फैजलको चर्को अलाोचना भएको थियो ।

फैजल सिद्दीकी

टिकटक आर्टिस्ट फैजल सिद्दीकीको पनि भिडियो विवादमा परेको छ । उनले एक भिडियो सेयर गरेका थिए । जसमा उनले एक युवतीको अनुहारमा लिक्विड फ्याकेका थिए । जसमा युवतीको अनुहार बिग्रिएको देखाइएको थियो । फैजल माथि एसिड आक्रमणलाई बढावा दिने आरोप लागेसँगै उनको चर्को विरोध भयो र अन्ततः उनको एकाउन्ट नै डीएक्टिभ भयो ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ११ : ४९ बजे

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय

प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा

गोरखाको नारीघाटमा महिलाको शव फेला

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव