प्रदेश २ मा मन्त्रालयकै सेटिङमा भ्रष्टाचार हुने गरेको नेता साहको आरोप « Khabarhub

प्रदेश २ मा मन्त्रालयकै सेटिङमा भ्रष्टाचार हुने गरेको नेता साहको आरोप


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रदेश २ सरकार बजेटको अनियमिततामा लागेको आरोप लगाएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रास एवं लकडाउनका बेला प्रदेश २ सरकार बजेटको अनियमिततामा लागेको नेता साहले आरोप लगाएका हुन् ।

उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘देशमा कोरोना संत्रास र लकडाउनले अस्तव्यस्त रहेको यो संकटपूर्ण घडीमा रोगको नियन्त्रण-रोकथाम, राहत-बचाव एवं आर्थिक उन्नतिमा ध्यान केन्द्रित गर्नपर्नेमा प्रदेश-२ सरकार खास गरि कृषि मन्त्रालय बजेटको अनियमिततामा केन्द्रित छ ।’

उनले कृषि मन्त्रालय मातहत प्रत्येक जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमार्फत विभिन्न कामको नाममा ठूलो आर्थिक चलखेल भइरहेको समेत आरोप लगाएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १२ : ०७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५