रोनाल्डको फ्रिकिक गोलमा युभेन्टसको सहज जीत « Khabarhub

रोनाल्डको फ्रिकिक गोलमा युभेन्टसको सहज जीत


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले टोरिनोमाथि सहज जीत निकालेको छ ।

टोरिनोमाथि ४-१ को सहज जित दर्ता गर्ने क्रममा पाउलो डिबाला, जुआन क्वाडराडो र क्रिस्टियानो रोनाल्डोले १-१ गोल गरे । युभेन्टसले एक गोल भने आत्मघाती उपहार पाएको थियो ।

खेलको तेस्रो मिनेटमा नै अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले युभेन्टसलाई सुरुवाती अग्रता दिलाए ।

२९ औं मिनेटमा क्वाडराडोले युभेन्टसको अग्रता दोब्बर पारे । रोनाल्डोले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई क्वाडराडोले अगाडी बढाउँदै गोल गरे ।

इन्ज्युरी समयमा म्याथिस डी लिग्टले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि टोरिनोले खेलमा फर्कने अवसर पायो । टोरिनोका कप्तान आन्द्रीए बेलोट्टीले पेनाल्टीमा गोल गर्दै खेल २-१ को अवस्थामा ल्याए ।

खेलको ६१ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा सिधै गोल गर्दै  युभेन्टसलाई पुन: २ गोलको अग्रता दिलाए ।

८७ औं मिनेटमा डग्लस कोस्टाको क्रसमा कोफी जिजीले आत्मघाती गोल गरे । जीतसँगै युभेन्टसले अंक तालिकाको शीर्षस्थानमा ७ अंकको अग्रता लिएको छ ।

युभेन्टसको ३० खेलमा ७५ अंक भएको छ । दोस्रो स्थानको लाजियोले २९ खेलमा ६८ अंक बनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ५ : ३८ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा