विश्वभर एकै दिन १ लाख ८९ हजारमा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर एकै दिन १ लाख ८९ हजारमा कोरोना भाइरसको संक्रमण


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन १ लाख ८९ हजारभन्दा बढी संक्रमित भएका छन् ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड १३ लाख ७१ हजार ९८९ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ८९ हजार ४१३ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।

यो समाचार तयार पार्दासम्म ६४ लाख ३३ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार ४८९ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ३२ हजार ८६१ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९३ हजार ४३२ जनाको मृत्यु भएको छ ।

२४ लाख ६६ हजार ३६३ जना संक्रमित भएकोमा १४ लाख २४ हजार १२२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७४ हजार ४७३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३४ लाख २९ हजार ४०६ पुगेको छ । त्यसमध्ये १५ लाख २९ हजार ६७३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६१ हजार ६१ जनाको मृत्यु भएको छ । २५ लाख २६ हजार ९२३ जना संक्रमित भएकोमा १७ लाख २८७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९२ हजार ६२३ जनाको मृत्यु भएको छ । २४ लाख ७२ हजार ६१ जना संक्रमित भएकोमा १५ लाख ४३ हजार ७९६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ११ हजार ११७ जनाको ज्यान गएको छ भने ४ लाख ६६ हजार १६८ संक्रमित छन् । संक्रमितमध्ये २ लाख २४ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । १० हजार ४ जना संक्रमित भएकोमा ८ हजार ९५२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ६ : ४० बजे

बागलुङमा एक मतदानस्थल थप, दुई स्थानान्तरणको सिफारिस

बागलुङ – बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई

संविधान संशोधन बिना देश नयाँ दिशामा जान सक्दैनः अध्यक्ष यादव

सुनसरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की

काठमाडौं – काठमान्डू गोर्खाजले एनपिएल क्रिकेटको प्लेअफमा आफ्नो सुरक्षित बनाएको

अख्तियार प्रमुखसहित १० हाइप्रोफाइललाई कसले दियो ‘सफाया’ गर्ने धम्की?

काठमाडौँ – सरकारले विभिन्न १० हाइप्रोफाइल व्यक्तिको निवास वरपर पनि

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द

नयाँदिल्ली – भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता