गायक दुर्गेश थापाले ल्याए ‘बीच्च बीच्चमा २’ (भिडियो) « Khabarhub

गायक दुर्गेश थापाले ल्याए ‘बीच्च बीच्चमा २’ (भिडियो)


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक दुर्गेश थापाले नयाँ तीजको गीत बजारमा ल्याएका छन् । उनले युट्युबमार्फत ‘बीचबीचमा २’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गतवर्ष दुर्गेशले ‘हामी पनि नाच्नुपर्छ बीचबीचमा’ बोलको गीतमा सार्वजनिक गरेर वर्षभरि नै चर्चा कमाएका थिए । उक्त गीत सामाजिक सञ्जालमा पनि खुबै चर्चित बनेको थियो ।

यसपटकको गीत भने केही फरक छ । कोरोनाका कारण यसपालिको तीजमा पहिलेको जस्तो रमझम नभएको भावलाई दुर्गेशले गीतमा प्रस्तुत गरेका छन् ।

यसपालीको तीज ‘माछो माछो भ्यागुतो’ भएको उनले गीतमा उल्लेख गरेका छन् । दुर्गेशले गीतमा कोरोना भाइरसको महामारीलाई पनि समेटेका छन् ।

गीतमा दुर्गेश थापा, राम खत्री र राजन कार्कीका शब्द छन् भने स्वर र संगीत दुर्गेश थापाले दिएका छन् ।

गीतको भिडियोमा दुर्गेश थापा, जीवन सहनी क्षेत्री, जीबी चिरन, सारिका केसी, दिवासा बिसी, अस्मिता जुरेली, टिका जैसी, सविता राई, इनी विष्ट, शिल्पा खड्का लगायतले अभिनय गरेका छन् ।

भिडियोको छायांकन अर्जुन तिवारीले खिचेका हुन् भने विलन विश्वकर्माले सम्पादन गरेका हुन् । साथै भिडियोमा शिव विकको निर्देशन देख्न सकिन्छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : ३३ बजे

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ