बाग्लुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट कोरोना पोजेटिभ « Khabarhub

बाग्लुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट कोरोना पोजेटिभ


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ-  बाग्लुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो ।

गए राति निसीखोला गाउँपालिका–२ का २९ वर्षीय उनको क्वारेन्टिनमै मृत्यु भएको थियो ।

उनी केही समय अघि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । उनको मृत्युबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।

यसैबीच सामाजिक विकास निर्देशनालयले गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । थपिएका संक्रमितहरुमध्ये कास्कीका २ जना, लमजुङका १, गोरखाका १ र बाग्लुङका १ जना रहेका छन् ।

नयाँ थपिएका ५ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९६ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयले जानरी गरेको विज्ञप्ति

 

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ७ : ५३ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको