किन हुन्छ पायल्स ? थाहा पाउनुहोस् लक्षण र उपचार « Khabarhub

किन हुन्छ पायल्स ? थाहा पाउनुहोस् लक्षण र उपचार


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दिसा गर्दा असह्य पीडा हुने, मलद्वारबाट रगत बग्ने, दिसा गर्दा मलद्वार वरिपरि गाँठो वा मासुको डल्लो महसुश हुने, चिलाउने, रातो हुने तथा पोल्ने लगायतका पायल्सको लक्षणको हो ।

गलत जीवनशैली र खानपानका कारणले हुने पाइल्सको बिरामीको संख्या नेपालमा पनि बढ्दो क्रममा छ ।

तर गोप्य अंगमा हुने भएकाले पायल्सका बिरामी यसलाई खुलेर उपचारका लागी जादैनन् । अझ कतिपय मानिसमा पाइल्स कस्तो रोग हो भन्ने बारे समेत थाहा छैन ।

के हो पाइल्स ?

सामान्य भाषामा पाइल्स भनिने यो रोगलाई हेमोरोइड पनि भनिन्छ । यो रोग मानिसमा मात्र हुने गर्दछ । ठूलो आन्द्राको अन्तिम भागमा लगभग चार इञ्च लामो मलद्वार हुन्छ । यो मलद्धार सुन्निएमा पाइल्स हुन्छ ।

पाइल्स हुदाँ मलद्वारको भित्री तथा बाह्य भागमा मासुको डल्लो जस्तो गाँठो पर्दछ । जसबाट बेलाबेलामा रगत निस्कने गर्दछ । दिसा गर्दा, बस्दा वा दवाव पर्दा मासुको डल्लो समेत बाहिर निस्कने गर्दछ । कतिपय अवस्थामा यो वंशाणुगत कारणले पनि हुने गर्दछ ।

किन हुन्छ पायल्स ?

मानिसहरुको खाना प्रति वेवास्ता वा लापरबाहि पायल्सको प्रमुख कारण हो । नियमित सन्तुलित भोजन नगर्दा, बाहिरको खाना, प्याकेटबन्द खाद्यपदार्थको सेवनले समेत यो समस्या देखा पर्दछ ।

जङ फुड, मासु तथा अत्यधिक चिसो वा मदिरा खाने मानिसमा पायल्सको समस्या बढि हुने गर्दछ ।

नियन्त्रण

पायल्सको नियन्त्रका लागी नियमित फलफूल खाने, फाइबरयुक्त खाना खाने, व्यायम गर्ने, एकै स्थानमा धेरैबेर नबस्ने गर्नु पर्दछ । यसबाट बच्न धुम्रपान, मध्यपानको कुलत त्याग्ने, मासुजन्य पदार्थ वा खसीको मासु नखाने तथा दिसा गर्न धेरै समय लगाउनु हुँदैन ।

तथापी पायल्सबाट बच्न यसको उपचार नै भरपर्दो माध्यम हो । यदि पाइल्सको उपचार समयमा भएन भने वा लामो समयसम्म रगत बगिरह्यो भने बिरामीमा रक्तअल्पताको समेत जोखिम हुन्छ ।

तसर्थ पायल्सलाई वेवास्ता नगरी समयमा नै यसको उपचार गर्नु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ५ : ३४ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले