कतारबाट १५१ नेपाली स्वदेश फर्किए | Khabarhub Khabarhub

कतारबाट १५१ नेपाली स्वदेश फर्किए



दोहा- कोरोना भाइरसको महामारी लगायत विभिन्न कारणले कतारमा अलपत्र परेका १५१ नेपाली स्वदेश फर्किएका छन् ।

कतारस्थित नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा उनीहरु स्वदेश फर्किए हुन् ।

दोहाबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको २३९२ उडानमा ४ बालबालिका र १८ महिलासहित १५१ जना नेपाली स्वदेश फर्काइएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव भुवन प्रसाद भट्टले जानकारी दिए ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजीकरणका तथा बिदाईका लागि नेपाली दूतावासका द्वितीय सचिव भट्ट लगायत नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

कतारबाट ४ हजार ३८ जनासहित विभिन्न समयमा मृत्यु भएका ४४ जनाको शव नेपाल पठाइसकिको सचिव भट्टले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : ५३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र