गुलियोले कसरी बिगार्छ दाँत ? « Khabarhub

गुलियोले कसरी बिगार्छ दाँत ?

कसरी बचाउने दाँतको इनामेल ?


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

अधिकाशं मानिस आफ्ना साना नानीहरुलाई धेरै गुलियो खानु हुँदैन दाँतमा कीरा लाग्छ भन्दछन् । तर साना नानी मात्र होइन ठुलाले समेत गुलियो खान छाड्दैनन् ।

जसको उपज गुलियो खाएकै कारण दाँतमा कीरा लाग्दछ । गुलियोको केही अंशहरु दाँतमा अड्किएर बसेको हुनाले बिस्तारै त्यसमा कीरा लाग्ने गर्दछ ।

दाँतमा कीरा नलागोस् भन्नका लागी गुलियो खाने बित्तिकै मानिसले नियमित दाँत सफा गर्नुपर्दछ । खानेकुराहरुमा पाइने कार्बोहाइड्रेड पनि गुलियो कै एक रुप हो । यसरी गुलियो खाँदा दाँत सफा गरेन भने त्यसको गुलियो वा कार्बोहाइड धेरै बेरसम्म दाँतमा अड्केर बस्दछ ।

जसलाई मुखमा हुने व्याक्टेरियाले अमिलो अर्थात एसिडमा बदलिदिन्छ । यसरी दाँतमा अमिलो बन्यो र केहीबेरसम्म त्यत्तिकै रह्यो भने त्यसले इनामेललाई खियाउन थाल्दछ । दाँत बिग्रनु वा कीरा लाग्नुको प्रमुख कारण यहि हो ।

शरीरको महत्वपूर्ण अंग भएर पनि दाँत बलियो हुन्छ । दाँतको बाहिरी भागलाई ढाक्ने कडा भाग इनामेल हो । इनामेल सेतो रंगको हुन्छ ।

दाँतको भित्रि भाग जो नरम हुन्छ त्यसलाई डेन्टाइन भनिन्छ । यसमा सजिलै कीटाणु पस्दछन् । तर दाँतको कडा भाग इनामेलले छोपेर राखेको हुनाले यसमा सजिलै कीटाणु पस्न सक्दैन ।

इनामेल शरीरकै सबैभन्दा कडा भाग भएर पनि यसलाई अमिलो वा एसिडले खियाइदिने गर्दछ । मानिसले अमिलो खाँदा दाँत कुडिनुको मुख्य कारण पनि यहि हो । दाँतमा इनामेल बन्ने काम निरन्तर हुन्छ ।

खिइएको इनामेलको ठाउँमा केही समयपछि नयाँ इनामेल आउँछ । अनि कुडिएको दाँत पनि ठीक भएर जान्छ । तर स्मरण रहोस् दाँतको इनामेल नयाँ निर्माण भइरहने भए पनि दाँत भने पुनर्निर्माण हुदैन । तसर्थ यसको स्वास्थ्यमा हेलचेक्राइ नगर्नु नै राम्रो ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १० : ०१ बजे

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि

सरकारले पूर्वाधारमा एकै वर्ष १० खर्बको टेन्डर खुलाउने योजना

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा करिब १० खर्ब

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने