राष्ट्रिय फुटबल टोलीको ‘गोलकिपर प्रशिक्षक’मा मल्ल « Khabarhub

राष्ट्रिय फुटबल टोलीको ‘गोलकिपर प्रशिक्षक’मा मल्ल


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ललाई नियुक्त गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक समितिले मल्ललाई गोलकिपर प्रशिक्षकमा छनोट गरेको हो ।

तेह्र वर्षसम्म राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रहेका मल्ल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका पूर्वकप्तान एवं गोलकिपरसमेत थिए ।

मल्लले सन् २००५ देखि सन् २०१३ सम्म राष्ट्रिय टोलीबाट फुटबल खेलेका थिए ।

उनले राष्ट्रिय टोलीमा जापानी गोलकिपर प्रशिक्षक हिरो मिट्सुमारूको स्थान लिने एन्फाले जनाएको छ ।

फिफा विश्वकप, २०२२ र एएफसी एशियन कप, २०२३ लाई ध्यानमा राख्दै मल्ललाई गोलकिपर प्रशिक्षकका रुपमा छनोट गरिएको हो ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ११ : ०७ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज