मेलम्चीको पहिरोमा ज्यान गुमाएकाको शव वीरगञ्ज पठाइयो « Khabarhub

मेलम्चीको पहिरोमा ज्यान गुमाएकाको शव वीरगञ्ज पठाइयो


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- मेलम्ची नगरपालिका–११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएका दुई जनाको शव वीरगञ्ज पठाइएको छ ।

हेलिकप्टरमार्फत लग्ने भनिए पनि अन्तिम समयमा बोलेरो जिपमा पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

आफन्तको सल्लाह अनुसार नै शव पठाइएको बताइएको छ । मृतकका आफन्तसँगको छलफलपछि शव पठाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

आइतबारको वर्षापछि माथिबाट आएको पहिरोले थिचेर मृत्यु भएको थियो । प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घर पहिरोले पुरिएको थियो ।

पहिरोमा परेर ज्यान गुमाउनेमा वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिवबालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरी रहेका छन् ।

पहिरोबाट जीवितै उद्धार गरिएका एक भारतीय नागरिकको उद्धार गरिएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १२ : ५० बजे

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो