‘मदन पुरस्कार’को सूचीमा सात पुस्तक छनोट « Khabarhub

‘मदन पुरस्कार’को सूचीमा सात पुस्तक छनोट


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार –२०७६’ का लागि मनोनयनमा परेका ७ वटा पुस्तकको नाम सार्वजनिक गरेको छ ।

गुठीले बुधवार एक विज्ञप्ति जारी गर्दै पुस्तकको सूची सार्वजनिक गरेको हो । ‘यस प्रयोजन निम्ति गुठीलाई २०७६ मा प्रकाशित कूल १५१ पुस्तकहरु प्राप्त भएका थिए,’ विज्ञप्तिमा भनिएको छ ।

छनोटमा परेका ७ पुस्तकमध्ये एक पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार प्रदान गरिनेछ ।

मनोनयन सूचीमा परेका कृतिहरूमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, शारदा शर्माको ‘यात्रामा’, योगी धर्ममहारसको महारसनिघण्टु (१–३), ललित विष्टको ‘मोहपथ’ र चन्द्रप्रकाश बानियाँको ‘महारानी’ रहेका छन् ।

गुठीले उत्कृष्टमध्ये एक पुस्तकलाई हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी ४ लाख रूपैयाँ रहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ४ : ३३ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको