ओली – प्रचण्डबीच आज हुने भनिएको वार्ता स्थगित « Khabarhub

ओली – प्रचण्डबीच आज हुने भनिएको वार्ता स्थगित


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच आज हुने भनिएको वार्ता स्थगित भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका एक नम्बर अध्यक्ष ओलीको व्यस्तताको कारण देखाउँदै बैठक स्थगित भएको सूचना आएको  प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि बैठक भोलि बिहान बस्ने गरी स्थगित भएको जानकारी दिएका छन् ।

थापाले सामाजिक सञ्जालमा बैठक स्थगित भएकोबारे जानकारी दिदै लेखेका छन्,’ पार्टीका अध्यक्षद्वयबीचको आज ५:०० बजे निर्धारित भेटवार्ता स्थगित भएको छ । भोलि बिहान बस्ने तय भएको जानकारी गराउन चाहन्छु ।’

स्थायी कमिटी बैठकमा एजेण्डाभन्दा बाहिर गएर राजीनामा आएपछि ओली स्थायी कमिटी बैठकलाई नै छल्दै आएका छन् । उनी स्थायी कमिटी बैठकको साटो सचिवालय बैठकमा जोड दिन थालेका छन् भने प्रचण्ड स्थायी कमिटी बैठकलाई निचोडमा पुर्‍याउनु पर्ने पक्षमा रहेको उनी निकट स्रोतले बताउँदै आएको छ ।

ओलीले विवादास्पद व्यक्तिहरूलाई पनि धमाधम नियुक्त गर्न थालेपछि अझ बढी आलोचित हुने डरले उनी बैठक छल्ने प्रयत्नमा लागेको प्रचण्ड-माधव नेपाल पक्षको ठहर छ ।

विवाद बढ्दै गएपछि ओली-प्रचण्डबीचका पछिल्ला बैठकमा बरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङ पनि सहभागी हुँदै आएका छन् ।

दुई नेताबीच छलफल भएपनि साउन ६ गतेदेखि स्थगित स्थायी कमिटी बैठक राख्ने बारे सहमति जुट्न सकेको छैन । नेकपाभित्रको विवादका कारण असार १० गते शुरू भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

 

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ५ : १८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने