महोत्तरीमा आज १४ जनामा कोरोना संक्रमण, निषेधाज्ञा २५ गतेसम्म थपियो « Khabarhub

महोत्तरीमा आज १४ जनामा कोरोना संक्रमण, निषेधाज्ञा २५ गतेसम्म थपियो


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्लाको भंगहाका ११ जना ,जलेश्वरका १ जना, बर्दिबासका १ र एकडाराका १ जना गरी १४ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गिरेन्द्रकुमार झाले जानकारी दिए ।

योसँगै महोत्तरीमा कुल संक्रमितको संख्या ९३०  पुगेको छ । यसअघि हिजो १४ जना सेना र एक सशस्त्र प्रहरी सहित १५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो।

जलेश्वर नगरपालिका र महोत्तरी जिल्लामै कोरोना संक्रमणको जोखिम बढेपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

सीमामा चोरबाटो भएर मानिसको आवतजावत हुनु र जिल्लाभित्रै सञ्चालनमा रहेको क्वारेन्टाइनहरू व्यवस्थित हुन नसक्नुले कोरोनाको जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् ।

बर्दिबास उद्योग वाणिज्य संघले पनि कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आफ्ना मातहतका सम्पूर्ण व्यवसायीहरुलाई सचेत रहन आग्रह गरेको छ । उद्योग वाणिज्य संघले सचेतनामूलक जानकारीसहित माइकिङ गरी आमजनसमुदाययमा सचेत गराएको होटल व्यवसायी संघ महोत्तरीले जनाएको छ ।

यसैबीच गत साउन १५ गतेदेखि जारी निषेधाज्ञा साउन २५ गतेसम्मका लागि थपिएको छ ।

जिल्ला प्रशासन कार्यालयले  आज एक सूचना जारी गर्दै जिल्लामा कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि निषेधाज्ञाको समय साउन २५ गतेसम्मका लागि थप गरिएको जानकारी दिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ५ : ४७ बजे

पार्टीभित्रको विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन् अवस्था बिग्रन्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्रको विवाद मिलाउन नसके

गुरू बराललाई प्रश्न : समानान्तर गतिविधिले कांग्रेसलाई कहाँ पुर्‍याउँछ ?

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधसभाको चुनावअघि विशेष महाधिवेशन गरेर

सिफलिसका १९० नयाँ बिरामी भेटिए

नेपालगन्ज– नेपालगन्जस्थित भेरी अस्पतालमा एक सय ९० नयाँ भिरिङ्गी (सिफलिस)का

संसदलाई नागरिकसँग जोड्न सांसद खरेलले खोले सम्पर्क कार्यालय

ललितपुर– ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले

कृषि सिकाइको पाठशाला बन्दै कडरिया एकीकृत कृषि फर्म

गण्डकी– कृषि प्रतिको अनिच्छासँगै युवा पलायनका कारण खेतबारीहरू बाझिँदै गरेका