ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – ट्रकको ठक्करबाट पश्चिम चितवनमा आज साँझ एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २५ अमृत चोकका ६० वर्षीय लक्ष्मण महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार जप्काबाट ज्योतिनगरतर्फ जाँदै गरेको ना ४ ख ७३६७ नम्बरको ट्रकले पैदलयात्री महतोलाई साँझ ५:३० बजे ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । उनलाई ठक्कर दिने ट्रक र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ९ : ०१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा