चिनियाँ एप प्रतिबन्ध भएपछि १७ वर्षीय भारतीय किशोरले बनाए फाईल सेयरिंग एप « Khabarhub

चिनियाँ एप प्रतिबन्ध भएपछि १७ वर्षीय भारतीय किशोरले बनाए फाईल सेयरिंग एप


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चिनियाँ एपहरूमा प्रतिबन्ध लगाइएपछि भारतमा एक १७ वर्षीय किशोरले फाईल सेयरिंग एप बनाएका छन् ।

जम्मू कश्मीरको राजौरी जिल्लाको चट्टेयरका १७ वर्षीय अशफाक मेहमूद चौधरीले फाईल सेयरिंग एप ‘डोडो ड्रप’ बनाएको भारतीय समाचार संस्था एएनआइले जनाएको छ । उक्त एपमार्फत प्रयोगकर्ताहरूले अडियो, भिडियो, फोटो तथा टेक्स्ट फाइल इन्टरनेट बिना पनि शेयर गर्न सक्नेछन् ।

अशफाक मेहमूदका अनुसार ‘डोडो ड्रप’ चिनियाँ एप ‘SHAREit’ को विकल्प हो । ‘प्रतिबन्धको कारण प्रयोगकर्ताहरूले फाईल शेयरिङगमा समस्या झेल्नुपरेको थियो, त्यसैले मैले यो फाईल-साझेदारी एप बनाउने निर्णय गरें,’ उनले भने,’ डोडो ड्रपबाट प्रयोगकर्ताहरूले अडियोहरू, भिडियोहरू, फोटोहरू र टेक्स्ट्हरू पनि साझा गर्न सकिनेछ ।’

चार हप्ता लगाएर बनाइएको ‘डोडो ड्रप’ को ८० एमबीपीएसको ट्रान्सफर रेट छ जुन SHAREit भन्दा छिटो छ र प्रयोग गर्नका लागि धेरै सहज छ।

भारत सरकारले गोपनियता उल्लंघनको कारण देखाउँदै गत जुनमा टीकटक, सेयरइट जस्ता ५९ वटा चिनियाँ एपहरूमा प्रतिबन्ध लगाएको थियो भने जुलाईमा ४७ वटा एपमा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  २ : ३१ बजे

७२ वर्षको वर्षमा नागरिकता प्राप्त

तनहुँ– बन्दीपुर गाउँपालिका– ४ लोहीपाखाकी मङ्गली भुजेलले ७२ वर्षको उमेरमा

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव

काठमाडौं – बुधबार बिहान काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको

९ लाख बढी राजस्व संकलन

कर्णाली– सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट

भोजपुरमा १३ पक्की पुल निर्माण

भोजपुर– सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा

ललितपुर र भक्तपुरका पाँच क्षेत्र : कांग्रेस र रास्वपाबीच कडा टक्कर, भक्तपुर १ मा नेमकिपा ढुक्क

 काठमाडौं – देशभर चुनावको माहोल लागिरहँदा काठमाडौँ उपत्यकामा पनि दलहरूले