सीमा विवादपछि भारत र चीनका रक्षामन्त्रीबीच वार्ता « Khabarhub

सीमा विवादपछि भारत र चीनका रक्षामन्त्रीबीच वार्ता


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारत र चीनका सेनाबीच लद्दाखमा भएको पछिल्लो झडपपछि पहिलोपटक उच्चस्तरीय राजनीतिक छलफल भएको छ ।

रुस भ्रमणमा रहेका दुई देशका रक्षामन्त्रीबीच शुक्रबार राति २ घण्टा २० मिनेट वार्ता भएको हो ।

वार्तामा पूर्वी लद्दाखस्थित नियन्त्रण रेखा आसपास भएको तनाव साम्य पार्ने विषयमा छलफल भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चिनियाँ रक्षामन्त्री विई फिङ र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भएको यो वार्तापछि सीमा क्षेत्रमा दुई देशका सेनाबीच बढेको तनाव कम हुने अपेक्षा गरिएको छ ।

पछिल्लो पटक ३० र ३१ अगष्टमा लद्दाखमा २ देशका सेनाबीच थप तनाव चर्किएको थियो । त्यसयता २ देशका सैनिक कमाण्डरहरुबीच पनि लगातार वार्ता भैरहेको छ ।

 

 

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ६ : २२ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य