ड्युटीमै बेहोस भएका प्रहरी जवानको मृत्यु | Khabarhub Khabarhub

ड्युटीमै बेहोस भएका प्रहरी जवानको मृत्यु


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – कञ्चनपुरको दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत प्रहरी जवानको मृत्यु भएको छ ।

शुक्रबार राति ड्यूटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो ।

शुक्रबार राति ५ नम्बर पोष्टमा ड्यूटीमा खटिएका ऐर एक्कासी ढलेर बेहोस भएको बताउँदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले उनलाई तत्कालै उपचारका लागि धनगढी ल्याईएकोमा शनिबार बिहान मृत्यु भएको जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ३ : १५ बजे

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज

रास्वपाले अघि सार्‍यो तीनबुँदे तात्कालिक प्रस्ताव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको वर्तमान राजनीतिक संकट

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय

अन्तरिम सरकारमा सामेल हुनेबारे कुनै निर्णय भएको छैन : डीपी अर्याल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले आफूहरू अन्तरिम