सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित छ : मुख्यमन्त्री पौडेल | Khabarhub Khabarhub

सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित छ : मुख्यमन्त्री पौडेल


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित रहेकाले सोही मर्मअनुसार काम भइरहेको बताएका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालअन्तर्गत कोरोना सङ्क्रमितहरुको उपचारका लागि सञ्चालित आइसोलेसन वार्डको अनुगमनपछि मुख्यमन्त्री पौडेलले आइसोलेसन वार्डको व्यवस्थापनको काम अत्यन्तै छोटो समयमा गर्नुपरेकाले शुरुका दिनमा सेवा प्रवाहमा केही कमजोरीहरु देखिएका हुनसक्ने भए पनि हाल सेवा प्रवाह चुस्त पाइएको बताए ।

मुख्यमन्त्री पौडेलले वार्ड स्थापना र सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् । उनले वाग्मती प्रदेश सरकार कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा निरन्तर लागिरहेको उल्लेख गरे ।

मुख्यमन्त्रीले प्रदेश सरकारले पछिल्लो अवस्थामा कारोना भाइरसको महामारी व्यापक बन्दै गइरहेको अवस्थालाई दृष्टिगत गरी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

मुख्यमन्त्री पौडेलले जनताको सबैभन्दा महत्वपूर्ण र पहिलो आवश्यकता सहजरुपमा स्वास्थ्योपचार गर्न पाउनु रहेकाले अस्पताल नभएका स्थानमा अस्पताल स्थापना गर्ने र भएका स्थानहरुमा सेवा थप गर्ने कामलाई तीव्र पारेको बताए। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनको उद्देश्य प्रदेशका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नु रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री पौडेलले प्रदेशका विभिन्न अस्पताललाई सेवा सुविधा वृद्धि गर्दै प्रदेशस्तरको अस्पतालका रुपमा स्तरोन्नति गर्न लागिएको जानकारी दिए । प्रदेशले दोलखाको चरीकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलर रत्ननगर अस्पताल र काठमाडौँ टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय भएको पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ३ : ४३ बजे

बाजुराको स्वामीकार्तिक खापरमा कृर्षि प्रवर्द्धन केन्द्र निमार्ण हुँदै

काठमाडौं – बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा

पर्यटन प्रवर्द्धन गर्न खाँदबारीमा ‘खाना महोत्सव’

सङ्खुवासभा – जिल्ला सदरमुकाम खाँदबारीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि

अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न

नख्खु कारागारबाट छुटे अफताव आलम

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम रिहा भएका

अफताव आलमलाई सफाइ : पिन्टु र ओसी खोई त ?

काठमाडौं– दोस्रो जनआन्दोलन पश्चात ०६४ चैत २८ गते संविधानसभाको चुनावको