कोरोनाविरूद्ध रूसी खोपको विश्वसनियता बढ्यो, खोपले काम गर्ने संकेत « Khabarhub

कोरोनाविरूद्ध रूसी खोपको विश्वसनियता बढ्यो, खोपले काम गर्ने संकेत


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसले बनाएको कोरोना भाइरसविरूद्धको खोपको विश्वसनियता बढेको छ ।

रूसी वैज्ञानिकहरूले कोरोना भाइरसविरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन्।

मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको दाबी गरिएको बीबीसीले जनाएको छ ।

खोपको वैज्ञानिक नतिजा नआइ अगस्ट महिनामा नै स्थानीय रूपमा उक्त खोप प्रयोग गर्न दिएको रूसको उक्त खोपले काम गर्नेमा आशंका गरिएको थियो ।

तर, यो परिणामले उक्त खोपको विश्वसनियता केही हदसम्म बढाए पनि अझै पनि यसको प्रभावकारिता र सुरक्षित रहेको प्रमाणित गर्न भने अझै अरू परीक्षण जरूरी रहेको बताइएको छ ।

गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनले आवश्यक सबै परीक्षणका मापदण्ड खोपले पूरा गरेको र आफ्नी छोरीमा पनि परीक्षण गरिएको बताएका थिए।

स्पुत्निक पाँच नाम दिइएको उक्त खोपको दुईवटा परीक्षण गत जुन र जुलाई महिनामा गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ५ : १६ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात