नेपालमा कोरोना :  थप ९ संक्रमितको मृत्यु, मृतक संख्या २८० पुग्यो « Khabarhub

नेपालमा कोरोना :  थप ९ संक्रमितको मृत्यु, मृतक संख्या २८० पुग्यो


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफ्रिङमा दिएको जानकारी अनुसार ३ जना महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो ।

मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षकी एक महिला र नवलपरासीकी ३७ वर्षकी महिलाको पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

यस्तै पर्साका ७५ वर्षका एक पुरुष, महोत्तरीका ७८ वर्षका एक पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरुष र रुपन्देहीका ४० वर्षका एक पुरुषको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ । कुल संक्रमितका आधारमा ० दशमलब ६२ प्रतिशतको मृत्यु भएको डा.गौतमले जानकारी दिए ।

यसअघि शुक्रबार नेपालमा एकैदिन सर्वाधिक १४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ४ : ४७ बजे

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र