कण्डमको प्रयोग किन गर्ने ? « Khabarhub

कण्डमको प्रयोग किन गर्ने ?


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

परिवार नियोजनको अस्थायी साधन कण्डम यौन रोग सर्नबाट बचाउने भरपर्दो साधन हो । कन्डम मात्र एउटा यस्तो साधन हो जसले गर्भवती हुन र यौनजन्य सङ्क्रमण जस्तैस एचआईभी. र धेरै यौनरोगहरू सर्नबाट रोक्दछ ।

कन्डम पुरुषको उत्तेजित लिङ्गमा लगाउने परिवार नियोजनको साधन हो । यो सजिलै पाउन सकिन्छ । आजकल बजारमा पुरुषले प्रयोग गर्ने कण्डमका अलावा महिलाले प्रयोग गर्ने महिला कण्डम पनि उपलब्ध भइसकेका छ ।

कण्डम हरेक औषधी पसल सजिलै पाउने गर्दछ । साथै सरकारी स्वास्थ्य चौकीहरूमा निःशुल्क प्राप्त गर्न सकिन्छ । कन्डममा कुनै हर्मोन नहुने हुदा यसले शरीरमा कुनै असर पार्दैन । कण्डमले सहवासको बेलामा पुरुषको वीर्य यसमै जम्मा हुने भएकाले महिलाको पाठेघरमा पुग्न पाउदैन र गर्भ रहनबाट रोक्ने गर्दछ । साथै यसले यौनरोग बाट समेत बचाउँछ ।

यस्ता छन् कण्डम प्रयोगको फाइदा
– यसको प्रयोगले सुरक्षित यौन सम्पर्क राख्न सकिन्छ ।
– अनिच्छित गर्भधारण हुनबाट बचाउँछ ।
– सस्तो, सुलभ र सहज पाइने भएकाले यो कम खर्चिलो अस्थायी साधन हो ।
– यसलाई प्रयोग गर्न सजिलो हुन्छ ।
– एचआईभी एड्स लगायतका यौनरोग सर्ने संभावना हुदैन ।

कण्डम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
– एक पटकमा प्रयोग गरेको कण्डम दोहोर्याएर प्रयोग नगर्ने ।
– एकै पटकमा दुईवटा कण्डमको समेत प्रयोग नगर्ने ।
– यौन सम्पर्कको समयमा कण्डम फुट्ने संभावना हुदाँ सहि तरीकाले प्रयोग गर्ने ।
– उत्तेजित लिंगमा मात्र कण्डमलाई प्रयोग गर्ने ।
– प्रयोग गरिसकेपछि कण्डमलाई माटो मुनि गाड्ने वा जलाउने ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : २९ बजे

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक