महावीर पुनको आविष्कार केन्द्रले बनायो आईसीयूका संक्रमितका लागि स्वास्थ्य सामग्री « Khabarhub

महावीर पुनको आविष्कार केन्द्रले बनायो आईसीयूका संक्रमितका लागि स्वास्थ्य सामग्री


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कोरोनाका सिकिस्त विरामीले प्रयोग गर्ने स्वास्थ्य सामग्री निर्माण गरेको छ ।

सिकिस्त विरामी भएर आईसीयूमा रहने संक्रमितले प्रयोग गर्ने ‘आइसोलेसन हुड’ निर्माण गरिएको केन्द्रका संस्थापक पुनले बताए ।

आइसोलेसन हुडको प्रयोगले कोरोना संक्रमितलाई श्वासप्रश्वासमा सहज हुने चिकित्सकहरूले बताएका छन् ।

प्लास्टिक र पाइपको प्रयोगबाट बनाइएको ‘आइसोलेसन हुड’ मा बाहिरबाट हावा नछिर्ने गरी सुरक्षित गरिएको पुनले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा तस्वीरहरू सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘आइसोलेसन हुड भेन्टिलेटरमा जोड्यो भने बिरामीलाई सास फेर्न धेरै सहज हुने रहेछ र बिरामीको वरिपरी बस्नेहरु पनि सुरक्षित हुने रहेछन । यस्ता हुडहरु धेरै संख्यामा आविष्कार केन्द्रमा बनाएर वितरण गरिनेछ ।’

पाटन अस्पतालका चिकित्सकले चीनबाट ल्याएको एउटा हुडको नमूना दिएपछि केन्द्रले निर्माण थालेको उनले जानकारी दिएका छन् ।

चीनबाट १८ हजार रूपैयाँ प्रति हुडमा खरिद गरिएको आइसोलेसन हुड आविष्कार केन्द्रमा ३ हजार रुपैंयामा निर्माण भएको उनले बताएका छन्।

 

अब धेरै संख्यामा आइसोलेसन हुड निर्माण गरी आईसीयूमा रहेका संक्रमितलाई उपलब्ध गराउने उनले प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ९ : १० बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो