कुण्डली मिलाएर विवाह गर्नुको कारण यस्तो ? « Khabarhub

कुण्डली मिलाएर विवाह गर्नुको कारण यस्तो ?


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सनातन धर्म अनुसार सोह्र संस्कार मध्ये एक हो, विवाह संस्कार । हिन्दू हिन्दु संस्कृतीमा विवाहलाई सात जन्मको बन्धन मानिन्छ ।

विवाहपछि दुई शरीरसँगै आत्माको मेल हुने र जन्मौजन्मसम्म यो सम्बन्ध बनिरहने मान्यता छ । तसर्थ विवाहपूर्व वरबधूको कुण्डली मिलाउने गरिन्छ । वरबधूको कुण्डलीका आधारमा उनीहरुबीच विवाह गर्न उचित छ छैन त्यसबारे जान्न सकिने ज्योतिषहरु बताउँछन् ।

कुण्डलीमा वरबधूको ३६ गुण मिलाइन्छ । यदि दुबैबीच ३६ मध्ये न्युनतम १८ गुण मिलेमात्र विवाह गर्ने सल्लाह दिइन्छ । १८ भन्दा कम गुण मिलेमा विवाह नगर्ने सल्लाह दिइन्छ ।

ज्योतिषशास्त्र अनुसार, विवाह गर्न वरबधूको कुण्डली मिल्नु अत्यन्त आवश्यक हुन्छ । यसले दुबैबीचको नक्षत्र र ग्रह अनुकूल भए नभएको थाहा पाउन सकिन्छ । यदि वरबधूको नक्षत्र र गुण अनुकूल भएमा वैवाहिक जीवन सुखी हुने मान्यता छ भने कुण्डलीम ग्रह नक्षत्र मेल नखाएमा दाम्पत्य जीवन कष्टमय हुने मान्यता छ । जसले दुबैको वैवाहिक जीवन बिग्रने मान्यता छ ।

हुनत कतिपय मानिस कुण्डली वा ज्योतिषशास्त्रमा विश्वास गर्दैनन् । उनीहरु विवाह गर्न कुण्डलीभन्दा वरबधूको एक अर्का प्रतिको स्नेह, विश्वास र समझदारी महत्वपुर्ण हुने मान्दछन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : ५५ बजे

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ

दुई हजार बढी सहकारीलाई दर्ता अभिलेखीकरण

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई

प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट १६ हजार बढीले लिए सेवा

तनहुँ– प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई

काठमाडौं– नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई