बाँके र बर्दियामा आठ सय बढी घर निर्माण हुने « Khabarhub

बाँके र बर्दियामा आठ सय बढी घर निर्माण हुने


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँके र बर्दियामा प्रदेश ५ सरकारले जनता आवास कार्यक्रम अन्तर्गत अति विपन्न तथा गरिबीको रेखामुनी रहेका परिवारका लागि ८०६ घर निर्माण गर्ने भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय बाँकेमार्फत घर निर्माण हुने जनाइएको छ । शहरी विकास तथा भवन कार्यालय बाँकेका निमित्त प्रमुख इन्जिनीयर रामआश्रय शाहले भने, ‘चालू आबमा बाँकेमा ३९६ र बर्दियामा ४०९ गरी ८०६ घर निर्माण हुनेछ ।’

घर नभएका र झुप्रोमा बस्दै आएका यी दुई जिल्लाका अति विपन्न, दलित, मुस्लिम, पिछडा वर्ग तथा सीमान्तकृतलाई लक्षित गरेर सञ्चालन गरिएको जनता आवास कार्यक्रमबाट प्रत्येक परिवारका लागि दुई कोठा, एक भान्सा, बरण्डा र शौचालयसहितको घर निर्माण गरिने जनाइएको छ ।

उनका अनुसार संघीय सरकारको सशर्त अनुदानमार्फत प्रदेश नं. ५ सरकारले जनता आवास कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रम अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका वडा नं १२ को सुन्दर बस्तीका ४६ जना विपन्न, दलित तथा सीमान्तकृत समुदायका लागि निर्माण गरिएको पक्की घर हस्तान्तरणको क्रममा रहेको छ ।

कोभिड–१९ को सङ्क्रमण फैलने त्रासको कारण प्राविधिक फिल्डमा जानलाई समस्या भएकोले कार्य मुल्याङ्कन गरी सेवाग्राहीको किस्ता पठाउन केही कठिनाई भएको कार्यालय प्रमुख शाहको भनाइ छ ।

जनता आवास कार्यक्रममा छनौट भएका सेवाग्राहीले रु तीन लाख ५० हजार प्रति घरवापत पाउने भएपनि कन्टिजेन्सीवापत चार प्रतिशत काटेर रु तीन लाख ३६ हजार सेवाग्राहीको खातामा चार किस्तामा कामको प्रगतिको आधारमा रकम जाने व्यवस्था मिलाइएको छ ।

सेवाग्राहीले कूल रकमको १० प्रतिशतको लगानी वा श्रमदान गर्नुपर्ने प्रावधान समेत रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १२ : १३ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार