अनुगमन टोलि पुग्दा माछा व्यापारीको भागाभाग « Khabarhub

अनुगमन टोलि पुग्दा माछा व्यापारीको भागाभाग



काठमाडौँ– सोमबार बिहान कालीमाटी तरकारी बजारको छेउमा भएका २६ वटा माछा पसलमध्ये १५ वटा पसलका व्यापारी सटर तानेर यताउता लागे ।

महानगरको अनुगमन टोली बजारमा पुगेर फलफुल बजारतर्फबाट माछा पसलको अनुगमन थालेपछि मुल ढोकातर्फका १५ वटा पसलका व्यापारीले सटर तानेर भागेका हुन् ।

यस क्रममा कसैले ताल्चा नै लगाउन भ्याए भने कसैले भ्याएनन् ।

व्यापारीले सटर तान्दा अनुगमन टोली सप्तरी माछा पसलमा भेटिएको ९ किलो सडेको माछा जफत गर्दै थियो ।

‘आइस हाल्न बिर्सेछु । माछा त्यति त बिग्रेको छैन । अलिअलि मात्र हो ।’ माछा पसलका सञ्चालक मोहम्मद मज्लुम मियाँ आफूलाई बचावट गर्दै थिए ।

व्यापारीहरु भागे त ? कैफियत के हो ? प्रश्नको उत्तरमा महानगरको पशु सेवा बिभागका पशु सेवा अधिकृत डम्मरबहादर बम भन्दै थिए, ‘माछाको गुणस्तरमा भन्दा, खरिद बिक्री बिल जारी नगरेकोमा व्यापारी आत्तिएका हुन् । अनुगमनका क्रममा हेरिएका पसलहरुमध्ये धेरैमा दर्ता, नविकरण र खरिद बिक्री बिलमा समस्या देखियो ।’

खरिद बिक्री बिल जारी नहुँदा माछा कहिले प्याकिङ् गरिएको हो ? भन्ने कुरा थाहा हुँदैन ।

अनुगमनका क्रममा रहेका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘खरिद बिक्री बिल जारी नहुनु नै मूल्य र गुणस्तरमा उपभोक्ता ठगिनु हो ।’

‘यो अनुगमनको हामी स्वागत गर्छौं । हाम्रा व्यापारीलाई सुध्रिने समय दिनोस् ।’ अनुगमन गर्दा गर्दै आएका काठमाडौँ माछा बजार समितिका अध्यक्ष बीरेन्द्रकुमार यादवले भने, ‘कानुन नमान्ने व्यापारीलाई कारवाही गर्न हामी पनि सघाउँछौं ।’

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  २ : ११ बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा