‘गुण्डानाइके’‘बले’विरुद्ध १९ करोड ५५ लाख बिगो बराबरको मुद्दा दायर « Khabarhub

‘गुण्डानाइके’‘बले’विरुद्ध १९ करोड ५५ लाख बिगो बराबरको मुद्दा दायर


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सम्पत्ति शुद्धीकरण विभागले ‘गुण्डानाइके’ बलराम सापकोटा ‘बले’ र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धिकरण विभागले मुद्द दायर गरेको छ। विभागले सोमबार विशेष अदालतमा १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो।

काभ्रेको रोसी ४ घर भई हाल लाजिम्पाट बस्दै आएका बलेकाविरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा अनुसन्धानका लागि निवेदन दिएपछि विभागले अनुसन्धान शुरु गरेको थियो। यसअघि उनी जुवाखालबाट पक्राउ परेका थिए। उनी जुवाखालबाट पक्राउ परेपछि प्रहरीले सम्पत्ति शुद्धिकरण विभागमा अनुसन्धान लागि पठाएको थियो।

विभागले बलेकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध पनि २ करोड ५५ लाखको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ। बलेका नाममा रहेको घरजग्गा र गाडी पनि जफत गर्न पनि माग गरिएको छ।

बलेको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको ३ लाख १६ हजार नगदसहित ४ लाख ५५ हजार नगद र ४१ लाख पर्ने भक्सवागन गाडी पनि जफत गर्न माग गरिएको छ। पन्चकन्या हाउजिङ, भेगास सिटी र एम्पिल फ्लाइटमा पनि करोडौंको शेयर लगानी रहेको ‘त्यसको स्रोत नखुलेको दावी गरिएको छ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : ४० बजे

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५