राष्ट्रिय कविता महोत्सव मङ्सिरमा « Khabarhub

राष्ट्रिय कविता महोत्सव मङ्सिरमा


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाल प्रज्ञा प्रतिष्ठानले स्थगित राष्ट्रिय कविता महोत्सव आगामी मङ्सिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने निर्णय गरेको छ ।

उक्त महोत्सव प्रज्ञा भवन, कमलादीमा आयोजना हुनेछ । प्रतिष्ठानले स्थापना दिवसका अवसरमा हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको महोत्सव कोरोना भाइरस रोकथामका कारण लागू बन्दाबन्दीका कारण स्थगन भएको थियो ।

प्रतिष्ठानको यही असोज १८ गते सम्पन्न प्राज्ञ परिषद्को बैठकले महोत्सवको पुरस्कार राशिसमेत वृद्धि गरी प्रथम हुनेलाई रु ५० हजार, द्वितीय हुनेलाई रु ४० हजार र तृतीय हुने तीन जनालाई जनही रु ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

यसअघि नगद पुरस्कारको राशि क्रमशः रु ३०, २५ र २० हजार थियो ।

प्रा डा लुइँटेलको कृतिबारे छानबिन बैठकले त्रिभुवन विश्वविद्यालयका प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले बौद्धिक चोरी गरेको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीमा प्रतिष्ठानको नामसमेत मुछिएकाले सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न परिषद् सदस्य प्रा दिनेशराज पन्तको संयोजकत्वमा परिषद् सदस्यद्वय प्रा डा हेमनाथ पौडेल र प्रा डा गोपीन्द्र पौडेल सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

सञ्चारमाध्यममा डा लुइँटेलद्वारा लिखित तथा प्रतिष्ठानद्वारा प्रकाशित अनुसन्धानात्मक पुस्तक ‘कविता सिद्धान्त र नेपाली कविताको इतिहास’ (२०६०) को सैद्धान्तिक खण्ड लुइँटेलले आफ्नो विद्यावरिधि शोधप्रबन्ध ‘कविताको संरचनात्मक विश्लेषण’ (२०५८) बाट हुबहु सारेको र प्रतिष्ठानलाई गुमराहमा राखी आर्थिक अनियमिततासमेत गरेको समाचार सार्वजनिक भएको थियो ।

लुइँटेलद्वारा लिखित र प्रतिष्ठानबाटै प्रकाशित ‘नेपाली उपन्यासको इतिहास’ (२०६९) नामक कृतिमा पनि अनुसन्धान विधिको प्रयोग नगरी प्रतिष्ठानले छापेको भनेर प्रतिष्ठानप्रति समेत प्रश्न उठेको र ती प्रश्नमा प्रतिष्ठानले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठनको निर्णय गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ८ : २८ बजे

इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

तेहरान – इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

तेहरान- इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग

संसद्‍मा रास्वपाले मिलाएको शक्ति सन्तुलन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ बहुमतभन्दा दुई सिट कम अर्थात्

वरिष्ठ साहित्यकार विनोदीलाई ‘गोरखा सर्जक सम्मान’

काठमाडौं- : वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ‘गोरखा सर्जक सम्मान’ प्रदान