डलरको नाममा ठग्ने गिरोह पक्राउ « Khabarhub

डलरको नाममा ठग्ने गिरोह पक्राउ


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी डलर सस्तो मूल्यमा दिने भन्दै ठगी गर्ने गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोटको एक व्यक्तिलाई अमेरिकी डलर सस्तो सटहीका नाममा रु दश लाख ठगी गर्ने चारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबीसेका श्रीखण्ड तामाङ, हर्क तामाङ, बुद्धिबहादुर तामाङ र गोविन्द तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार उनीहरु एकै वडाका भएपनि चार स्थानबाट पक्राउ परेका हुन् ।

उनीहरुले विभिन्न प्रलोभन देखाई अमेरिकी डलर सस्तोमा दिने भन्दै पटकपटक फोन सम्पर्क गरी गत साउन १२ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ कुटुमसाङका पेन्जोम शेर्पालाई काभ्रेपलाञ्चोकको पाँचखाल नपा–४ स्थित लामीडाँडामा बोलाएर रु दश लाख ठगी गरेका थिए ।

प्रहरीका अनुसार उनीहरुले शेर्पालाई गत असार २० गते अपरिचित व्यक्तिले फोन गरी अमेरिकी डलर रु १७ हजार भेट्टाएको र सस्तो मूल्यमा उपलब्ध गराउने भनी जानकारी गराएका थिए ।

“पैसा सटही गरेको दिन पनि अभियुक्तले रु १० लाख बराबरको मात्रै दिएको र बाँकी पछि दिने भनी रुमालले बेरेर नक्कली नोट दिएर फरार भएका रहेछन्”, प्रनाउ थापाले भने । उनका अनुसार गिरोहले शेर्पालाई ‘अहिले पोको नखोल्नु अरु कसैले वा प्रहरीले देख्यो भने हामी सबबैलाई अप्ठेरो पर्छ’ भन्दै पैसा लिई फरार रहेका थिए ।

गिरोहले पैसा लिएर फरार भएलगत्तै शेर्पाले डलर भनिएको पोको खोली हेर्दा डलरको आकारमा काटिएको कागजको बीटा मात्रै फेला परेपछि प्रहरीमा जाहेरी परेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ९ : २५ बजे

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश