वीर अस्पतालको आकष्मिक कक्षमा काम गर्ने १६ चिकित्सकले दिए राजीनामा « Khabarhub

वीर अस्पतालको आकष्मिक कक्षमा काम गर्ने १६ चिकित्सकले दिए राजीनामा


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वीर अस्पतालका १६ चिकित्सकले राजीनामा दिएका छन् ।

वीर अस्पतालको आकष्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् ।

उनीहरूले निरन्तर पेस गर्दा पनि आफ्ना मागहरू पूरा नभएको भन्दै अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन्।

पत्रमा अस्पतालले दशैँको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा खटाइएको उल्लेख छ।

साथै अस्पतालले धम्की दिँदै विभिन्न काममा खटाएको चिकित्सकहरूको भनाइ छ।

महामारीका बीच निरन्तर सेवामा खटिँदा पनि अस्पतालबाट हुने यस्तो व्यवहारले मनोबल गिरेको उनीहरूले बताएका छन्।

साथै, काममा आवश्यक पर्ने स्वास्थ्य सामग्री पनि अस्पतालले पर्याप्त उपलब्ध नगरेको उनीहरूको गुनासो छ।

राजीनामा दिने १६ जना नै आकष्मिक विभागमा खटिएका मेडिकल अधिकृत छन्।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ७ : ५८ बजे

उज्यालो नेपालको चुनावी घोषणापत्र : संघ र प्रदेशका सांसद घटाउनेदेखि ‘नो भोटिङ’सम्म

काठमाडौं– उज्यालो नेपाल पार्टीले भ्रष्टाचार नियन्त्रणदेखि सांसदको संख्या घटाउने र

प्रतिनिधिसभा निर्वाचन : जुलुस र आमसभा सभ्य रुपमा गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको

भ्रामक सूचनाको पछि नलागी एचपीभी खोप लगाउन आग्रह

काठमाडौं– सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

चुनावी मैदानमा देउवाको खोजी- अपदस्थ सभापतिले कांग्रेसलाई कसरी मत माग्ने ?

काठमाडौं- कांग्रेसको दोश्रो विशेष महाधिवेशनपछि सभापति बनेका गगनकुमार थापा यतिबेला

राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज काठमाडौँको सिफलस्थित भण्डारेश्वर